विषादीरहित तरकारी खेती अभियान



हाम्रो इकोनोमि

तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि सो वडा कार्यालयले विषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकलाई तालीम शुरु गरेको हो । वडाध्यक्ष कान्तुराम गौतमले वडा क्षेत्रका किसानलाई विषादी प्रयोग नगरेरै तरकारी उत्पादन गर्न सकिने विधि तथा प्रविधिका विषयमा जानकारी गराउने बताउनुभयो ।

तालीममा सहभागी बनाइएका किसानलाई रासायनिक विषादीको सट्टा जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्ने वैज्ञानिक प्रविधि सिकाइएको छ । ‘जैविक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी अलि महँगो तर सहजै बिक्री हुन्छ र यो स्वास्थ्य र वातावरणीय पक्षमा पनि उपयुक्त हुन्छ,’ प्रशिक्षक पद्म खड्काले भन्नुभयो ।

बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि

बाँकेको डुडुवा गाउँपालिका–.५ कम्दीमा बाख्रामा लागेको रोग ‘पिपिआर’ भएको पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको बाख्राको रगतको ल्याब परीक्षणबाट पिपिआर भएको पुष्टि भएको हो ।

रोग पुष्टि भएपछि बाख्राको उपचार शुरु गरिएको गाउँपालिका पशु स्वास्थ्य शाखाप्रमुख अशोक पाण्डेले बताउनुभयो । सो रोगबाट प्रभावित करीब १०० भन्दा बढी बाख्राको अहिले उपचार भइरहेको छ भने गाउँपालिका क्षेत्रमा रहेका करीब १५ हजार बाख्रालाई त्यस रोगविरुद्ध खोपसमेत दिन शुरु गरिएको शाखाप्रमुख पाण्डेले बताउनुभयो । एक महीनाअघि बाख्रामा लागेको सो रोगबाट करीब ५० भन्दा बढी बाख्रा मरेका थिए ।।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...