तनहुँमा भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित



हाम्रो इकोनोमि

 

तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो ।

आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ ।

उहाँले माउ र दुई वटा बच्चासहितको भालुले स्थानीयवासी हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पन्ध्र दिनदेखि माउसहितको भालुले यस ठाउँका कृषकलाई दुःख दिइरहेको छ ।”

भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भँैसी–बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीयवासी जमिर मियाँले जानकारी दिनुभयो ।

“अलि पहिला त खेतबारीको अन्न मात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरू खाइदिने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भालुको आतङ्क बढेपछि सर्वसाधारण रात पर्ने बित्तिकै घरमै बस्ने गरेका छन् ।

उहाँले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिका–२, ३ र ४ मा चितुवाले दुःख दिइरहेको छ भने यस ठाउँमा भालुको आतङ्क बढेको छ ।”

यहाँका बाटोका केही ठाउँमा भालुबाट बच्नका लागि सडक बत्तीसमेत जडान गरिएको छ ।

उज्यालो भएको ठाउँमा भालु नआउने र अँध्यारो भएको ठाउँमा मात्रै भालु हिँड्डुल गर्ने गरेकाले घरछेउमा रहेका झाडी फँडानी गर्न लागिएको रफिक मियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...