रवि भन्ने गर्थे, ‘उहाँले मलाई यति माया-ममता दिनुभएको छ कि आफूलाई जन्मदिने आमाको समेत त्यति याद आउँदैन ।’



हाम्रो इकोनोमि

 

नेपाल आइडल रवि ओड बुधबार बिहान महेन्द्रनगरमा एउटा कार्यक्रममा सम्मान थाप्न जाने तयारीमा थिए । जब उनले आमाको विषयमा दुखद खबर सुने, आफूलाई सम्हाल्न सकेनन् ।

 

उनलाई केही व्यक्तिले सेती अञ्चल अस्पताल पुर्‍याए । त्यहाँको शवगृहमा रविकी आमा विष्णाको शव राखिएको थियो । रवि ज्याकेटले आँशु पुछ्दै शवगृहभित्र छिरे ।

 

कपडा उठाएर आमाको अनुहार हेरे र घोप्टो परेर रुन थाले । त्यहाँ रहेका उपमहानगरपालिकाका मेयर नृप ओडलगायत व्यक्तिहरुले उनलाई सान्त्वना दिइरहेका थिए ।
सम्मान कार्यक्रमपछि आजै घर पुगेर आमालाई भेट्ने अनि बेलुका ६ः४० को फ्लाइटमा काठमाडौं आउने रविको योजना थियो । तर, नियतिको योजना अर्कै रहेछ ।

आफूलाई हरेक कदममा साथ दिने आमाको दुखान्तले रविको मुटु चुँडिएको छ । आठ वर्षको उमेरमा आफूलाई जन्मदिने आमा गुमाएका रविले कर्म दिने आमा पनि गुमाएका छन् । श्रीमतीको मृत्युपछि रविका बुवाले विष्णासँग दोस्रो बिहे गरेका थिए । विष्णाले रवीलाई आमाको कमी महसुस हुन दिएकी थिइनन् ।

 

रवि भन्ने गर्थे, ‘उहाँले मलाई यति माया-ममता दिनुभएको छ कि आफूलाई जन्मदिने आमाको समेत त्यति याद आउँदैन ।’

 

रविका बाबु गुजरातमा एउटा कम्पनीमा चौकीदारी काम गर्छन् । नेपाल आइडलको फाइनलमा रवी आफ्नो बुवा र आमालाई अगाडि देख्न चाहन्थे । उनकी आमा कैलालीबाट आएकी थिइन् । तर, कम्पनीले छुट्टी नदिएपछि बुवा आउन पाएनन् । श्रीमतीको मृत्यूको खबर पाएपछि उनी नेपाल आउन हिँडिसकेका छन् ।

रविका तीन भाइ र एक बहिनी छन् । नेपाल आइडलमा भाग लिनुअघि रविले दोहोरी साँझमा गीत गाएर केही आर्जन गर्थे । परिवारको भरथेगकै लागि उनले संविधान सभा चुनावका बेला म्यादी प्रहरीमा जागिर खाएका थिए ।

 

त्यो अन्तिम भेट
नेपाल आइडलमा भाग लिन आए पनि रविसँग आमाको प्रत्यक्ष भेट भएन । तर, नेपाल आइडलको उपाधि जितेपछि रवि आफ्नो घरमा पुगेका थिए । त्यतिबेला रविलाई स्वागत गर्न रविकी आमा घरअगाडि माला लिएर उभिएकी थिइन् । आमाले माला लगाइदिएपछि रविले उनलाई अंकमाल गर्दै आँशु झारेका थिए ।

‘आमाले मलाई हरेक क्षणमा साथ र सहयोग दिनुभएको छ, म उहाँकै कारण आज यो ठाउँमा छु,’ रविले त्यसबेला सञ्चारकर्मीसँग भनेका थिए । त्यतिबेला विष्णा पनि भावविह्वल बनेकी थिइन् । यी आमा छोरालाई त्यतिबेला के थाहा कि यो नै उनीहरुको अन्तिम भेट बन्नेछ ।

 

बुधबार बिहान नल्का (ह्यान्डपम्प)मा नुहाउनका लागि मोटर जोड्ने क्रममा विष्णालाई करेन्ट लागेको थियो । त्यतिबेला घरमा उनका छोराछोरीहरु थिए । छोराछोरी र छिमेकीले उनलाई बेहोश अवस्थामा नजिकै रहेको अत्तरिया अस्पताल पुर्‍याए । तर, सो अस्पतालले सेती अञ्चल अस्पताल पठाइदियो । तर, सेती अञ्चल अस्पताल पुर्‍याउँदासम्म विष्णाको शरीरमा प्राण थिएन ।

विष्णाको शव अहिले अस्पतालबाट घरमै पुर्‍याइएको छ । आजै मोहना नदीमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...