आफ्नै आमाले दुई छोरालाई विष खुवाएपछि कान्छो छोराको ज्यान गयो , जेठोको अवस्था गम्भीर !



हाम्रो इकोनोमि

 

धनुषामा एक महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

घरायसी विवादको कारण महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेको बुझिएको छ ।

विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते भएका छन् ।

दुवैको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार परिवारका अन्य सदस्यसँगको सामान्य विवादपछि रिना देवीले आफ्ना दुई छोरा रितिक र रितेशलाई विष खुवाएर आफूलेसमेत विष सेवन गरेको जनाइएको छ ।

आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...