स्वास्थ्य चौकी नै बिरामी



हाम्रो इकोनोमि

 

खुल्ला कम्पाउण्ड। परिषरभरी झाडीको अड्डा। भवनको छत पटपट फुटेको छ। त्यहीमुनि गर्भवती महिलाको जाँच हुन्छ। बच्चालाई खोप लगाइन्छ। वर्षामा पानी चुहिएर औषधि भिज्छ। कोठामा धमिराको राज छ।

 

धमिराले स्वास्थ्य चौकीको उपकरण बर्बाद बनाएको छ।धमिराले कागजपत्र खाइदिँदा हैरानी बनाएको। कति खेर छत खसेर मानवीय क्षति हुन्छ, त्यसको ठेगान छैन। हो, यस्तै हालतमा छ धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर-२ मा रहेको स्वास्थ्य चौकी।
बिहान १० देखि ४ बजेसम्म जोखिम मोलेर ६ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्। बटेश्वर गाउँका ६ हजार मानिस दिनहुँजसो स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकी पुग्छन्।
२०५२ सालमा स्थापित स्वास्थ्य चौकीको न आफ्नो जग्गा छ न त भवनै। जनप्रिय माध्यमिक विद्यालयको जग्गामा निर्माण भएको कृषीसेवा केन्द्रको भवनमा स्वास्थ्य चौकी संचालित छ। जम्मा चार कोठा रहेको भवनका कोठाहरु स-साना छन्, त्यो पनि जीर्णअवस्थामा।

 

गर्भवती महिलालाई स्वास्थ्य सेवा दिन निकै गाह्रो हुने गरेको सिनियर अनमी भोग कुमारी सुसलिङ्गले बताइन्। छुट्टा- छुट्टै कोठा नहुँदा स्वास्थ्यकर्मीलाई महिलाको स्वास्थ्य जाँच गर्न समस्या हुने गरेको छ।

 

‘सुरक्षित गर्भपतन सेवा दिने कर्मचारी र लिने सेवाग्राही दुवै जीर्ण भवनले गर्दा असुरक्षित छन्’, उनले भनिन्,’जीर्ण भवनको छतमुनी गर्भवती जाँच गर्नुपर्छ। कुनै बेला त चर्किएको छतबाट कणहरु फुटेर झर्दा जीउ सिरिङ्गै हुन्छ।’

 

२५ वर्षदेखि निरन्तर स्वास्थ्य चौकी बटेश्वरमा कार्यरत सिनियर अनमी भोगिले अहिलेसम्म जीर्ण भवनबाटै सेवा दिइरहेकी छन्। अनमी भोगिले स्वास्थ्य चौकी अहिलेसम्म मुहार फेर्न नसकेको बताइन्।

 

एच.ए. १ जना, सिनियर अहेव २ जना, अहेव १ जना, अनमी २ जना र कार्यालय सहयोगी १ जना गरी  सातजना कर्मचारी छन् त्यस स्वास्थ्य चौकीमा। तर, स्वास्थ्य चौकीको हाल बेहाल छ। न कोठाको दैनिक सरसफाई हुन्छ, न त औषधि व्यस्थित तरिकाले राखिएको छ।

 

हाम्रो स्वास्थ्य चौकीको अवस्था मुर्दा जलाउने घाटभन्दा पनि बेतर छ,’ स्थानीय सन्तोष कुमार महराले भने,’अव्यस्थित स्वास्थ्य चौकी अफै लथालिङ्ग छ, सेवाग्राहीलाई के सेवा दिन्छ?’

 

बटेश्वर गाउँपालिकाले जनप्रिय मा.वि.को जग्गामा भवन निर्माण गर्न दुईपटक बजेट बिनियोजन गरेको थियो। काम अगाडी नबढ्दै बजेट फ्रीज भएको स्वास्थ्य चौकीका अहेव प्रमोदकुमार महतोले बताए। स्वास्थ्य चौकी व्यवस्थित बनाउन बजेट विनियोजन भइसकेको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...