२ छोरि र एक छोरालाई चाडै फर्कने बाचा गरेर कुवेत पुगेका एक नेपाली युवाको सडक दुर्घटनामा निधन !



हाम्रो इकोनोमि

 

रोजागारीको सिलसिलामा तीन बर्ष अगाडी कुवेत पुगेका एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

नुवाकोट बेलकोट गढी नगरपालिका -१३ घर भई हाल कुवेतमा सवारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा गत शनिबार मृत्यु भएको हो ।

कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीका अनुसार आफैंले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

विगत ३ वर्षदेखि कुवेतको (ACICO) कम्पनीमा कार्यरत तामाङको शव छिटै नेपाल पठाई परिवारको मन्जुरीनामा लिएर सडक बिमाको प्रकृया अगाडी बढाउने तयारी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकरी दिए ।

मृतक तामाङको श्रीमतीसहित २ छोरि र एक छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...