आगलागीमा ८७ घर जले : आगो निभाउन गाउँमा न युवा छन्, न पानी



हाम्रो इकोनोमि

 

कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार रातिदेखि लागेको आगोले खाडामा ठूलो क्षति गरेको हो।

 

आगो निभाउने प्रहरी र स्थानीयबासीकफ प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो।

 

आगलागीमा ७ स्थानीयवासी घाइते भएको गाउँका बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ।

 

कसरी लाग्यो आगो?

गएराति करिब १० बजेदेखि लागेको आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्।  गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।

 

उनले भने, ‘म सुर्खेतमा छु। गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडा अध्यक्षहरु गाउँमै छन्। तर गाउँमा बिहान फोन नलाग्ने भएकाले घटनाको पूरा पूरा जानकारी पाउन सकिएको छैन्।’
जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको जानकारी दिए।

 

चौकीदेखि घटनास्थलसम्म प्रहरी पुग्न ५ घण्टा लाग्ने र खटिएको प्रहरी टोलीसँग सम्पूर्ण हुन नसक्दा घटनाको थप विवरण पाउन नसकेको मल्लले बताए। कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपनि त्यहाँको बारेमा पूर्ण जानकारी लिन नसकिएको बताए। उनले भने, फोन लाग्दैन् । घटना स्थल पठाएको प्रहरीको टोली पुगेर खबर गरेको छैन् ।’ टेलिफोन सेवा समेत नभएकाले उद्धारका लागिसमस्या भएको प्रजिअ कार्कीले जानकारी दिए।

 

यस गाउँका सबैजसो घरका छाना खरले छाइएको छ। पलाँताको खाडामा आगलागी नियन्त्रणका लागि खटिने मान्छेहरुको पनि अभाव छ। अधिकांश युवाहरु रोजगारीका लागि कालापहाड गएका छन्। गाउँ युवाबिहीन छ। गाउँमा महिला,वृद्ध–वृद्धा केटाकेटी मात्र छन्। हरेक वर्ष खडेरीको समस्या खेपिरहेको पलाँतामा आगो नियन्त्रणका लागि पर्याप्त पानीसमेत छैन।

 

आगलागीमा तीन करोडको क्षति

उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।

आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताउनुभयो ।

आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ भने प्रारम्भिक अनुमान अनुसार रु तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...