बिवाह गरेको एक हप्तामै श्रीमानको मृत्यु , बेलुका घर चाडै फर्किने वाचा गरि निस्किएका गणेश कहिलै फर्किएनन्



हाम्रो इकोनोमि

 

दाङ बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा २३ जना कलिला मुनाहरु चुडिए । उक्त घटनाले दाङ मात्र होईन पुरा देश नै विक्षिप्त बनेको छ ।

दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक (एकजनाले दुर्घटनामा ज्यान गुमाए ।

तीनैमध्ये ज्यान गुमाउँनेमा सहचालक २२ वर्षीय गणेश विक पनि थिए । जसले एक हप्ता अगाडीमात्र बिवाह गरेका थिए ।

पत्नी कमलासंगै सुन्दर सपना सजाउँने चाहनाहरु भर्खरै मन भरी पालेका गणेशले संसार छोडे । यो खबरले गणेशका आमा सम्हालिने अवस्थामा छैनन् भने कमला मुर्छित छिन् ।

तुलसीपुरकै नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बसका परिचालकको रूमा काम गर्दै आएका गणेश गरिब परिवारकै भएको कारण बिवाह गरेको दोस्रो दिनदेखि नै काममा लागेका थिए ।

बिवाह गरेको पाँचौँ दिनमा उनले काम गर्ने बस रिर्जभमा जानुपर्ने भयो।दाङको घारोहीबाट विद्यार्थी र शिक्षक लिएर सल्यानको कपुरकोटस्थित मुलपानीमा गएर फकर्ने गरी उनको बस रिजर्भ भयो।शुक्रबार गणेशले नव विवाहिता दुलही कमलालाई बेलुका घर चाडै फर्किने वाचा गरि बिहान ५ बजे निस्किएका थिए।

बिहान ७ बजे घोराही उपमहानगरपालिका(१७ स्थित गैरागाउँस्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकसहितको बस सल्यान तर्फ प्रस्थान गर्‍यो।

वन वातावरणका विद्यार्थी सल्यानको मुलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन भ्रमण सकेपछि पुनः घोराही फर्किए।विद्यार्थी, शिक्षक र बसका स्टाफहरू सबै मिलेर कपुरकोटमा दिउँसोको खाजा खाए।

त्यहाँबाट पनि गणेशले आफ्नी दुलहीलाई फोन गरेर कपुरकोटबाट खाजा खाएर दाङको तुलसीपुर झर्दै गरेको हुँदा बेलुका ७ बजेसम्म घर आइपुग्ने जानकारी गराएका थिए।

तर उनीहरू चढेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ को राम्रीको भीरबाट करिब ८ सय मिटर तल खोल्सामा खस्यो।

साँझसम्म आउँछु भनेको छोरा र श्रीमानले गरेको बाचा पनि पुरा नभई गणेशले संसार छोडे । साँझ ७र८ बजेसम्म पनि गणेशसँग फोन सम्पर्क नभएपछस पत्नी कमला र आमा लक्ष्मीले तारन्तार फोन सम्पर्कको प्रयास गरे।

तर, जति प्रयास गर्दा पनि गणेशको फोनमा सम्पर्क हुन सकेन।त्यसले झनै नवविवाहित दुलही र आमालाई छटपटी बनायो। यही अन्यौंलताका बीच उनीहरु खाना खाएर सुते।

एक साता अगाडि मात्रै विवाह गरेर आएकी कमलाले कतिबेला श्रीमान आउलान् भन्दै राति अबेरसम्म प्रतिक्षा गरेर बसिन। तर, गणेश आएनन्।

शनिबार बिहान मात्रै छिमेकी शिक्षिकाले सल्यानबाट आएको बस दुर्घटनामा परेको र त्यसमा धेरैको हताहति भएको खबर सुनाएपछि उनीहरुको होस उड्यो।

आमाको मन न हो उनी हतारिँदै तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा पुगिन् जहाँ उनले आफनो छोरा गणेशलाई कहिल्यै नर्फकने गरी सुस्ताएको देखे । त्यसपछि उनलाई कसैले सम्हाल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...