दाङमा बस दुर्घटना, १० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला ८ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

तुलसीपुर उप-महानगरपालिका  ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा प्रहरी पुगेर उद्दार सुरु गरेको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली  खटिएको छ ।

 

दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...