वाह ! रबि तिमि साच्चिकै भगवान हौ ! किनकि तिमीले ११ बर्ष देखि हराएकी आमाछोरीको भेट गरायौ



हाम्रो इकोनोमि

 

गएको कार्यक्रममा काठमाडौंमा आफ्नी आमालाई खोजिरहेकी कश्मिरकी मेहेक बानुको कथा देखायौं । मेहकको रिपोर्ट प्रशारण गरेको भोलिपल्ट उनकी आमा र बहिनीसँग उनको भेट भएको छ । ठाउँ ठेगाना नम्वर केही नभए पनि ११ वर्ष पुरानो फोटो देखाउदै उनी सडकमा आफनी आमा खोजिरहेको देखेपछि हाम्रा कसै दर्शकले उनलाई हाम्रो कार्यालय पु¥याई दिएका थिए ।

 

आमालाई खोज्न यसरी कश्मिरबाट छोरी आएको थाहा पाएपछि पक्कै पनि आफुलाई भेट्ने उनको विश्वास थियो ।कार्यक्रममा मेहक आफ्नी आमा खोज्दै काठमाडौंमा भौतारिरहेकी रिपोर्ट प्रशारण गरेकोे भोलिपल्ट नै उनकी आमा र बहिनी मेहकलाई खोज्दै हाम्रो कार्यालय आए ।

 

सुुरुमा त आमा र छोरीले एक अर्कालाई हेरा हेर मात्रै गरे । मेहेककी आमाले टिभिमा देखेका कारण आफ्नी छोरी भनि चिनेपनि सानैमा कस्मिर गएकी मेहेक दुई छोराकी आमा बनिसकेको उनलाई थाहै थिएन् ।मेहेकले आफ्नी आमा र बहिनीलाई भेटिरहँदा कार्य क्रममा सीधाकुरामा उनको रिपोर्ट पुनः प्रशारण भइरहेको थियो ।

 

कसैले कश्मिरबाट आमा खोज्दै मेहेक आएको भनि टिभिले देखाएको भनेपछि बिहान देखि आमा र छोरी युट्वमा हाम्रो कार्यक्रम हेरिरहेका रहेछन् ।नेपालमा बस्ने कि भारतमा बस्ने भनि श्रीमान श्रीम तिबीच झगडा भएपछि मेहेका बुवाले आफ्नी दुईटै छोरी लगेर भारत जाँदा सुनौलीमा आमाको दुध छुटाएकी कान्छि छोरी रोएपछि उनलाई फिर्ता गरिएको रहेछ ।

 

पछि भारतमा जेठी छोरी बुबाले लैजाने र कान्छि छोरी आमाले राख्ने सहमति भएपछि मेहेक बुवासँंग बस्न बाध्य भएकी थिईन ।मेहेकसँंगको भेटमा पहिलो पटक उनकी आमाले आफ्नो श्रीमान बितेको र छोरीको बिवाह भएर दुईओटा छोरा पाएको थाहा पाएकी थिई न् । आफ्नी आमा र बहिनीलाई भेटेपटि मेहेक खुसी हुदै उनिहरुसँगै गईन् ।

 

आमाले माने आमा र बहिनीलाई आफैसँग लैजाने उनको ईच्छा छ ।एउटै बुवा आमाका दुई छोरी अलग अलग देशमा जन्मिए र हुर्किए । खानपिन, बोली भाषा नमिले पनि उनीहरु को मन एउटै छ । बर्षौंपछि एक अर्कालाई भेटका उनीहरुको खुसीमा सीमा नै छैन ।अगिल्लो कार्यक्रम मा रविले आमा छोरीलाई भेटाउने बाचा गरेका थिए ।

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।

 

आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...