राष्ट्र बैंक र बैंकर्सको ‘लञ्च मिटिङ’ बस्दै, ब्याजदरमा पुनः सीमा तोक्ने तयारी



हाम्रो इकोनोमि

 

ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको विषयमा छलफल गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई बोलाएको छ ।

‘लञ्च मिटिङ’ नाम दिइएको बैठकमा २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुने बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘बैंकर एशोसिएसनले बोलाएको बैठक होइन, राष्ट्र बैंकले बोलाएको हो’, अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले भने, ‘राष्ट्र बैंकका अधिकारीसहित २८ वटै वाणिज्य बैंकहरुका सीईओ बैठकमा सहभागी हुनुहुनेछ ।’

उनले बैंठकमा ब्याजदरको विषयमा छलफल हुने बताए ।

ब्याजदरमा देखिएको अस्वस्थ प्रतिष्पर्धा रोक्न ब्याजदरको सीमा तोक्ने विषयमा पनि छलफल हुने ढुंगानाको भनाइ छ ।
ब्याजदर बढाउने बैंकका सीईओहरुलाई गत मंगलबार बालुवाटार कार्यालयमा बोलाएर राष्ट्र बैंकले ब्याजदरमा संयमता अपनाउन तथा पुनः अधिकतम् सीमा तोक्न सुझाएको थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो ।

निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याजदर दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।

संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरी संघले सीमा लगाउने भएको छ ।

थप निर्णय भने बैंकर संघले नै गर्ने बैंकठमा सहभागी भएर आएका एक बैंकरले जानकारी दिए ।

‘राष्ट्र बैंकले संयमित हुन आग्रह गरेपछि संघको बैठक बसेर यस विषयमा आवश्य निर्णय लिने कुरा भएको छ’, उनले भने ।

कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत पुर्‍याइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...