युट्युबमा अनमोल र प्रदीपको प्रतिस्पर्धा , अगाडि अशोक दर्जी



हाम्रो इकोनोमि

 

युट्युबमा अनमोल र प्रदीपको प्रतिस्पर्धा , अगाडि अशोक दर्जी

नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवास्टारको सूचीमा अगाडि देखिएका अनमोल शायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’ बनेका छन् । भन्दा त यी दुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच चर्को प्रतियोगिता छ भन्ने देखाउँछ ।

पछिल्लो उदाहरण नै लिऔँ – जुन दिन अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को गीत रिलिज हुने कार्यक्रम थियो, त्यही दिन नै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि हलमा रिलिज गरिएको केही महिनामै युट्युबमा अपलोड गरियो ।एउटा त फिल्मको गीत, अर्को पूरै फिल्म । यसरी हेर्दा फिल्मप्रति दर्शकको रुचि हुनु नौलो होइन । यता अनमोल अभिनित ‘रहर छ सँगै’ बोलको गीत एकाएक ट्रेन्डिङमा आयो ।

प्रदीप पनि युट्युबको नेपाल ट्रेन्डिङमा पछिपछि आइरहेका थिए ।धेरैलाई याद नै छ, प्रदीपकै अभिनय रहेको अर्को फिल्म ‘प्रेम गीत २’ पनि केही हप्ताअघि मात्र युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्म भने झण्डै एक हप्ता नै ट्रेन्डिङमा बसेको थियो ।अहिले युट्युबमा अनमोल र प्रदीप जुधिरहँदा अर्को रमाइलो के भएको छ भने ती दुवै स्टारलाई सामाजिक सञ्जालबाट भाइरल भएका बालगायक अशोक दर्जीले उछिनेका छन् ।बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...