समातिएको ३३ किलो सुन ल्याउनै दिएन भारतले



हाम्रो इकोनोमि

 

नेपालको बहुचर्चित ३३ किलो सुन भारतीय शहर कोलकातामा मंसिर २१ गते फेला परे तापनि नेपाल आउने सम्भावना भने एक प्रतिशत पनि छैन ।

 

सुनसरी, इटहरी–५ निवासी हेमप्रसाद शर्मा र राकेशप्रसाद नाम गरेका नेपालीबाट बरामद भएको भनिएको उक्त सुनबारे भारतीय आसूचना निर्देशनालयले त्यहाँस्थित हाम्रो वाणिज्यदूतावासलाई जानकारी दिएको छ ।

 

तर, त्यो सूचना नेपाली नागरिक समातिएको कारणले मात्रै पठाइएको हुनुपर्ने काठमाडौंस्थित सरकारी अधिकारीहरुको अनुमान छ । त्यहाँ कुनै अवैध सामान बरामद भएमा सुराकीलाई २० प्रतिशत पुरस्कार दिने व्यवस्था छ ।

 

तर, भारु दश करोड पैंतालिस लाख अड्सठ्ठी हजार सात सय साठी बराबरको त्यो सुन नेपाल पठाइएमा सुराकी भत्ता पाइँदैन । हातमा परिसकेको माछो माया मारेर भारतीयले काम गर्लान् भन्नेमा सरकारी हाकिमहरुले विश्वास गर्न सकिरहेका छैनन् ।

 

त्यो सुन नेपाल आउन नेपाल र भारतका भन्सार प्रमुखहरुको संयन्त्रमार्फत जोडबलमा दिल्लीको उच्च नेतृत्वबाट मात्र सम्भव छ । सन् १९६२ को इण्डियन कष्टम एक्टमा फौजदारी मुद्दाको वारदात जहाँ भयो त्यहीँ मुद्दा चल्ने व्यवस्था छ ।

 

त्यसैले अवैध तवरले ओसारपसार भइरहँदा बरामद भएको उक्त सुनबारे भारतीय निकायले त्यहीँको अदालतमा मुद्दा लैजाने सम्भावना रहेको बताइन्छ । सन् २०१५ सम्म भारतमै बस्ने गरेका हेमप्रसाद नेपाली नागरिक भए तापनि उनले नक्कली भारतीय सवारी चालक अनुमतिपत्र हात पारेको त्यहींको राजश्व जासुसी विभागका अतिरिक्त महानिर्देशक दिपंकर आरोनको पत्रमा उल्लेख छ ।

 

खास कुरा के हो श्रीमान् ?

विदेशमा कार्यरत अर्धदक्ष र अदक्ष कामदारले पठाउने वार्षिक ७ सय अर्ब रुपैयाँ नेपालको जम्मा वार्षिक बजेटको झण्डै आधा हिस्सा हो । यी कामदारको कमाइ नै हाम्रो अर्थतन्त्र धानिदिने प्रमुख आर्थिक मेरुदण्डसमेत बनेको छ ।

 

यसमध्ये साढे ३ अर्ब मलेसियाबाट मात्र भित्रिन्छ । हाल मलेसियामा करिब ६ लाख नेपाली कामदारले पसिना बगाइरहेका छन् । तर, केही महिनादेखि त्यहाँ कामदार जाने क्रम रोकिएको छ ।

 

श्रममन्त्री गोकर्ण विष्टको लामो अडान र प्रयासपछि रोजगारदाता कम्पनीले नै खर्च व्यहोरेर कामदार लैजाने सम्झौता भयो । सम्झौतालगत्तै विष्टले यो ऐतिहासिक उपलब्धि हो, अब नेपाली कामदारले ठगिनु पर्दैन र निःशुल्क गएर काम गर्न पाउनेछन् भनेका हुन् ।

 

तर, अहिलेसम्म किन कामदार पठाउने वातावरण बनेन ? मलेसियाले निःशुल्क कामदार लैजान सम्झौता गरिसकेको छ र उताबाट माग पनि आइरहेको छ ।

 

यताबाट हजारौं बेरोजगार नेपाली जान जमजमाइरहेका छन् । कसले र किन वञ्चित गरेको छ नेपालीलाई रोजगारी पाउने अवस्थाबाट ? जति घटे पनि वार्षिक लाखजति कामदार नेपालबाट अझै मलेसिया जान सक्ने अवस्था छ ।

 

तर, अर्बाैं ठगी आरोपमा जेल गएर अदालतको निगाहमा छुटेका दलालहरू यो काम आफ्नै हात माथि पर्ने गरी हत्याइरहन इच्छुक छन् । बिगो नतिरी र विचाराधीन मुद्दा किनारा नलागी तिनैलाई काम सुम्पिइरहन सम्भव छ ? सेटिङ मिलाएर दोषी छुट्नु र मुद्दा टुंगिनु एउटै कुरा हो ?

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...