काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु



हाम्रो इकोनोमि

 

काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । स्कुटरको पछाडि सवार श्रेष्ठकी आमा भगवती श्रेष्ठ घाइते हुनुभएको छ । पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...