नोट बोक्दा उनले पाए जीवनभरको चोट



हाम्रो इकोनोमि

 

हातभरि भारु भएर के गर्नु, चल्दैन  आफ्नै देशको पाँच हजारभन्दा बढी नगद बोकेर विदेश जानुस्, प्रहरीले एयरपोर्टमै समातेर थुृन्छ र पैसा पनि जफत गर्छ । सम्भवतः संसारमा यस्तो भुक्तमान नेपालबाहेक कहीँका नागरिकले खेप्नु परेको छैन ।

 

दिनदिनै जटिल बनिरहेको मामिला छ, भारुको । विदेशीको नोट हाम्रो देशमा चल्नका लागि सम्बन्धित देशले सबै विवरण खुलाएर सूचना पठाउनुपर्छ । सन् २००० सालभन्दा अगाडि भारतले निकाल्ने सबै नोट चल्छ भनेर जानकारी आउँथ्यो ।

 

त्यही व्यहोराका आधारमा नेपालको केन्द्रीय बैंकले सबै बाणिज्य बैंकहरुलाई सर्कुलर गर्ने हो । नेपालकै नोट बजारमा छर्दा पनि सूचना निकालिएको हुन्छ । केही वर्षअघि करोडौँ भारुसहित पाकिस्तानी दूतावासका प्रथम सचिवलगायत कूटनीतिज्ञहरु पक्राउ परे ।

 

त्यसपछि नेपालमा पाँच सय र हजार दरको भारुमा प्रतिबन्ध लाग्यो । भारतले ‘प्रतिबन्ध’ भनेका दिनदेखि नेपालीले त्यस्तो नोट चलाउन पाएनन् । २०१६ मा उताका प्रधानमन्त्री नरेन्द्र मोदीले चल्न पाउने गरी प्रतिबन्ध खोलिदिए । पाँच सय र हजारको नोट चल्ने, तर एकजनाले २५ हजारभन्दा बढी बोक्न नपाउने सूचना जारी भयो । लगत्तै सन् ०१७ मा भारतमै पनि नोटबन्दी भयो । उताका जनतासँग भएको पाँच सय र हजार दरका नोट सबै साटिए ।

 

तर, नेपालीसँग भएका नोट साटिएनन् । भूटानमा त्यसो गर्दा साटियो । अझै राष्ट्रबैंकसँग पाँच÷६ करोड त्यस्ता नोट कागजको खोस्टासरि थन्किएको छ । सर्वसाधारणसँग भएको नलिए पनि कम्तिमा बैंक र बित्तीय संस्थासँग भएको पैसा त लिइदिए हुने नि ! भारतीय पक्षबाट यो समस्याको सुनुवाई गरिएको छैन ।

 

बीचमा भारतमा दुई सय, पाँच सय, दुई हजारको नोट छापियो । यो नोटको स्थिति के हो ? फिचर के हो ? नेपालमा चल्ने, नचल्ने स्थिति के हो भन्नेबारे अझैसम्म केही जानकारी आएको छैन । त्यसो भएपछि प्रहरीले भारुसहित मानिसहरु पक्रिन थाल्यो । पक्रिएको नोट चल्छ कि चल्दैन भनेर प्रहरीले सोध्दा राष्ट्रबैंकले चल्दैन भन्नुपर्ने स्थिति छ । किनभने, त्यो नोट चलाऊ भनेर भारतले अहिलेसम्म भनेको छैन । यदि भारतले निकालेका नयाँ नोटहरु चलाऊ भनेछ भने पनि अब नेपालले सजिलै मान्ने अवस्था छैन ।

 

उता, हाम्रो मुद्रा भारतमा मात्र हैन, नेपालको ७ प्रदेश, ७७ जिल्लाबाहेक कहीँ पनि चल्दैन । बरु, कुनै पनि नेपालीले पाँच हजारभन्दा बढी नगद लिएर विदेश गयो भने समातिन्छ र बिगोको तीन गुणाभन्दा बढी जरिवाना पनि हुन्छ । चार वर्षअघि कतार जाने एकजना नेपालीको झोलामा तीन लाख रुपैयाँ भेट्दा प्रहरीले समात्यो । समातिएका नेपालीले आफ्नै घर बेचेर ल्याएको पैसा भने । तर, त्यसबापत दुई वर्ष जेल बसेपछि तीन लाख रुपैयाँ जफत भयो ।

 

एकातिर नेपालीले आफ्नो देशको पैसा आफ्नै भूमिमा बोक्दा हाम्रो अध्यागमनले रोक्छ भने अहिले भारतमा चलनचल्तीमा रहेको नोट चलाउँदा दुबै देशका जनतालाई सास्ती छ । भारतीय नागरिक (मानसरोबर) हिल्सा जाने भनेर गाडीभरि आउँछन् ।

 

सजिलोको लागि पाँच सय र दुई हजारको ठूलै नोट बोक्छन् । होटलमा भात खान्छन्, सुत्छन् । पैसा दुई हजारको दिन्छन् । भात खाइसकेका हुन्छन् । नचल्ने पैसा भए पनि व्यापारी पैसा लिन बाध्य हुन्छ । कि, ‘भैगो, त्यत्तिकै जाऊ भन्नुप¥यो †’ व्यापार गर्न बसेकोले त्यसो भन्न पनि मिलेन । अब त्यो पैसा प्रहरीले जफत गरिदियो भने उल्टै व्यापारी फस्छ । भारतको पैसा लिए पनि आखिर फस्ने निर्दोष नेपाली नै हुन् । यो समस्या फुकाउन राष्ट्रबैंक पहल गरिरहने, भारतीय रिजर्भ बैंकका अधिकारीले नसुनिदिने कारण समस्या विकराल बन्दैछ ।

 

उता, विवादास्पद व्यापारी अजेयराज सुमार्गीले पैसा विदेश लैजाने कुरा अगाडि बढिरहेको छ । तर, सांसदसमेत रहेका अर्बपति बिनोद चौधरीलेचाहिँ हुण्डीको अवैध जालो समाएर विदेशमा कारोबार चलाइरहेको राष्ट्रबैंकका अधिकारीहरु नै दावी गर्छन् । हुण्डी बित्तीय अभिलेख नहुने र पैसा जस्ताको तस्तै चाहेको ठाउँ पुग्ने अनौपचारिक सञ्जाल हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...