पूर्वको मौसम : रातिबाट वर्षा जारी , इलामको उच्च पहाडमा हिमपात,चिसो बढ्यो



हाम्रो इकोनोमि

 

झापा सहित पूर्वमा रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट पूर्वमा जाडो बढेको छ ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

बिहानीपख वर्षात भएपछि छाता अोडेर विद्यालय जाँदै गरेका बालबालिकाहरु । तस्विर खगेन्द्र घिमिरे/ धुलाबारी झापा

उनले सोमबार यसवर्षकै चिसो दिन मापन गरिएको बताए । बिराटनगरको न्यूनतम १२।५ डिग्री सेल्सियस , काठमाडौंमा न्यूनतम २।४ डिग्री सेल्सियस कायम गरिएको थियो भने जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको जानकारी दिए ।

भारतमा आएको सामूद्रिक चक्रवात फेथाईले नेपालमा पनि असर गरेको हो,” उनले भने,“आज बेलुकीदेखि यो क्रम कम हुँदै जानेछ । तर आकाशको बादल हटेपछि आजको भन्दा चिसो हुन सक्ने अनुमान छ ।”

नेपाल चक्रवातको घेराभन्दा निकै टाढा भए पनि जलवाष्पयुक्त बादलका कारण यसको असर नेपालभरि नै परेको छ । अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा जारी रहेको मौसम विभागले जनाएको छ ।

थप जानकारी तलको भिडियोबाट । भिडियो मनपरेमा Subscribe गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...