पूर्वको मौसम : रातिबाट वर्षा जारी , इलामको उच्च पहाडमा हिमपात,चिसो बढ्यो



हाम्रो इकोनोमि

 

झापा सहित पूर्वमा रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट पूर्वमा जाडो बढेको छ ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।

बिहानीपख वर्षात भएपछि छाता अोडेर विद्यालय जाँदै गरेका बालबालिकाहरु । तस्विर खगेन्द्र घिमिरे/ धुलाबारी झापा

उनले सोमबार यसवर्षकै चिसो दिन मापन गरिएको बताए । बिराटनगरको न्यूनतम १२।५ डिग्री सेल्सियस , काठमाडौंमा न्यूनतम २।४ डिग्री सेल्सियस कायम गरिएको थियो भने जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको जानकारी दिए ।

भारतमा आएको सामूद्रिक चक्रवात फेथाईले नेपालमा पनि असर गरेको हो,” उनले भने,“आज बेलुकीदेखि यो क्रम कम हुँदै जानेछ । तर आकाशको बादल हटेपछि आजको भन्दा चिसो हुन सक्ने अनुमान छ ।”

नेपाल चक्रवातको घेराभन्दा निकै टाढा भए पनि जलवाष्पयुक्त बादलका कारण यसको असर नेपालभरि नै परेको छ । अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा जारी रहेको मौसम विभागले जनाएको छ ।

थप जानकारी तलको भिडियोबाट । भिडियो मनपरेमा Subscribe गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...