टेलिभिजन च्यानलबाट चर्चामा आएको यो अंकिता र सुशान्तको जोडी : ब्रेकअप पछि पहिलोपटक अंकितालाई सुशान्तले राम्री छौ भनेर तारिफ गर्दा स्टेजबाट माइक छोडेर त्यहाँबाट बाहिरिइन्



हाम्रो इकोनोमि

 

अंकिता लोखण्डे र सुशान्त सिंह कुनै समयमा एउटा टेलिभिजन च्यानलमा आउने टेलिभिजन शो कारण निकै चर्चामा थिए । उनीहरु बिच टेलिसिरियलकै प्रम बस्यो । तर जब सुशान्तले फिल्ममा डेब्यु गरे उनले अंकितालाई वास्ता गर्न छोडिदिए । त्यसपछि यि दुईको प्रेम बिचैमा टुट्यो । अहिले फिल्म ‘मनिकर्णिका’ मार्फत अंकिताले पनि ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी छन् । उनको फिल्मको टिजर र विभिन्न पोस्टरहरु सार्वजनिक भइसकेका छन् ।

फिल्ममा अभिनेत्री कंगना रनावतसंग मुख्य पात्रको भूमिकामा खेलेकी अंकिताको लुकलाई लिएर पनि निकै प्रशंसा भएको छ । कंगनाले फिल्ममा झाँसीकी रानी लक्ष्मी बाईको भूमिका निभाएकी छन् । यस फिल्ममा अभिनेत्री अंकिता लोखण्डे झलकारी बाईको भूमिकामा छिन् ।

हालै अंकिता लोखण्डेको फर्स्ट लुक सार्वजनिक भएको थियो । यो पोस्टर सार्बजनिक भएसँगै अंकिताका पूर्बप्रेमी सुशान्त सिंहले इन्स्टाग्राममा अंकिताको तारिफ गरेर प्रतिकृया दिए । उनको सकारात्मक प्रतिकृया देखेका सामाजिक संचाल चलाउनेहरुले उनीहरु बिचको प्रेम फेरी टुसाउने चर्चा समेत गरे । सुशान्तले लेखे ‘यस अवतारमा तिमी निकै सुन्दर देखिएकी छौ अंकिता । तिमीलाई यस रुपमा देख्दा म निकै खुसी भएको छु । म भगवानसँग प्राथना गर्छु कि तिमीलाई धेरै सफलता र खुसी मिलोस् ।’

तर २ दिनअघि आयोजित एक अवार्ड शो कार्यक्रमका क्रममा भने अंकिताले दर्शकको त्यो आशंकामा पुर्ण विराम लगाइदिएकी छन् । मिडियासँगको कुराकानीमा आफ्नो डेब्यू फिल्म ‘मनिकर्णिका’ लाई लिएर निकै उत्साहित भएको बताएकी उनले सुशान्तको कमेन्टको बारेमा मिडियाले सोध्दा कुनै जवाफ दिइनन् । उनी स्टेजबाट माइक छोडेर त्यहाँबाट बाहिरिइन् ।

त्यसपछि मिडियाले सुशान्तलाई समेत अंकिताको यस फिल्ममा भएको लुकको बारेमा कुरा राखे । तर सुशान्तले भने फेरी सकारात्मक उत्तर दिएका छन् । उनले भने, ‘मैले यस फिल्मको पोस्टर हेरेँ । मलाई उनी साच्चै नै सुन्दर लागिन् । यसै कारण म उनलाई बधाई दिन चाहन्थेँ ।’

फिल्म ‘मनिकर्णिका’ मा अभिनेत्री कंगना रनावत रानी लक्ष्मी बाईको भूमिकामा दुश्मनहरुका साथ आफ्नो राज्य बचाउनका लागि लडाई गरिरहेकी देखिएकी छिन् भने अंकिता लोखण्डे रानी लक्ष्मी बाईकै सेनाहरुमध्येकी एक महत्वपूर्ण योद्धा तथा सल्लाहकारको भूमिकामा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...