भिसा ‘क्यान्सिल’ गरेर नेपाल फर्किन लागेकी डोल्माको यूएईमा उपचारको क्रममा मृत्यु



हाम्रो इकोनोमि

 

यूएई – यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो ।

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि अस्पातल भर्ना हुनुभएको थियो । आबुधाबिक क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिनुभएको कम्पनीले जनाएको छ ।

कम्पनीले बिरामीको रेखदेख गर्न नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएर उपचार गराइरहेको थियो । श्रीमान र भाइले डोल्माको स्याहारसुसार गरिरहनु भएको थियो । मृतक डोल्माको १२ वर्षका छोरा छन ।

उपचाररत डोल्माको मृत्युड भएपछि कम्पनीले दिनुपर्ने सम्पूर्ण क्षतिपूर्तिसहित शव नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि लगिएको छ भने मृतकका श्रीमान र भाइलाई कम्पनीले नै बस्ने खाने व्यवस्था गरेर राखिरहेको डोल्माको दाजु फुर्वा योञ्जनले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएको परिवारमा मृतकको शव नेपाल लैजान समस्या भए काभ्रे समाज र तामाङ समाज यूएईले सहयोग गर्ने समाजका प्रवक्त्ता सुनिल लामाले जानकारी दिनुभयो । उज्यालोमा खबर छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...