आगलागीमा परी वृद्धको मृत्यु



हाम्रो इकोनोमि

 

बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्युहुनेमा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामी रहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

भूकम्पपछि सरकारी मापदण्डअनुसारको पक्की आवास निर्माण गरिरहेका थामी त्रिपालको टेन्टमुनि बस्दै आएका थिए । दोलखामा केही दिनदेखि चिसो बढेसँगै त्रिपालको टेन्टमा आगो तापेर सुतेका थामीको अस्थायी टहरामा आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेको समयमा करीब १० बजे राती आगलागी भएको थियो ।
स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आए पनि कटेज पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...