अभियुक्त भनिएका प्रदीप र विशालकाे डिएनए रिपोर्ट कञ्चनपुर पठाइयाे, दुबै निर्दोष रहेको खुलासा …….



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत कञ्चनपुर पठाइएकाे छ ।

अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि रावल र चाैधरीमाथि अभियाेग पुष्टि गर्ने कुनै भरपर्दाे अाधार भने थिएन । उनीहरूकाे डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएकाे र साे रिपाेर्ट साेमबार कञ्चनपुर पठाइसकिएकाे स्राेतले जानकारी दिएकाे छ । अाजै कञ्चनपुर पुग्ने रिपाेर्ट उतै सरकारी वकिलकाे राेहबरमा खाेलिने जनाइएकाे छ ।

स्राेतका रावल र चाैधरीकाे डिएनए पनि निर्मलाको भेजिनल स्वाबबाट संकलन गरिएकाे डिएनए प्रोफाइलसँग ‘म्याचिङ’ भएकाे छैन । यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक राेगी दीलिपसिंह विष्टकाे पनि डिएनए मिलेकाे थिएन । त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छाेराकाे समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैकाे पनि डिएनए म्याच भएकाे छैन ।

निर्मला हत्याकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रावलले हत्या गरेकाे स्वीकारेकाे प्रारम्भिक बयानमा बताएकाे भन्दै प्रहरीले सार्वजनिक गरेकाे थियाे । तर पछि उनीहरू निर्मला हत्या भएकाे दिन कुखुरा चाेरेकाे अाराेपमा प्रहरी हिरासतमै रहेकाे कुरा बाहिर अाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...