कम्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्ड सटकर्टहरु



हाम्रो इकोनोमि

 

विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |

विन्डोज बटनसँगको सटकर्टहरु

Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ ।

Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न

Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान

Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न

Windows Key + . : इमोजी मेनु खोल्न

Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )

Windows Key + S: सर्च गर्न

Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न

Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन

Windows Key + PrtSrc : स्क्रिनसट लिन

Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन

Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु

Ctrl + C: टेक्स्टलाई कपी गर्न

Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न

Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न

Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन

Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन

Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न

Alt + Left arrow : पछाडी आउन

Alt + Right arrow : अगाडि जान

Alt + Enter : जानकारी देखाउन

Alt + Spacebar: अप्सन मेनु खोल्न

Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न

एकमात्र बटन थिचेर हुने सटकर्टहरु

F1 : सहयोग मेनु खोल्न

F2: फाइलको नाम परिवर्तन गर्न

F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न

F5: रिफ्रेश गर्न

F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन

Delete / Del: केहि कुरा डिलिट गर्न

Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न

इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु

F5: ट्याब रिलोड गर्न

Ctrl + F: मन लागेको शब्द सर्च गर्न

Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न

Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न

F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन

Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न

यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...