तीन पानाको चिठी लेखेर श्रीमती गायब भएपछि… चिठीसहित, पुरा पढ्नुहाेस



हाम्रो इकोनोमि

 

श्रीमानलाई तीन पानाको चिठी लेखेर रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी बेपत्ता भएकी छन्। मंसिर २६ गते छोरालाई स्कुलपुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र आफन्तका घरमा बुझ्दा उनी गएको नपाइएको बखतले जानकारी दिए।

२५ वर्षीय बखत र २२ वर्षीया दिलकुमारीले ६ वर्ष अगाडी प्रेम विवाह गरेका थिए । उनीहरूका ५ वर्षका छोरा छन्। मुटुका रोगी छोराको काठमाडौंको गंगालाल हृदय रोग अस्पतालमा उपचार गराउँदै आएको बुवा बखतले जानकारी दिए।

‘सँगै बस्न र सँगै जीवन बिताउन भाग्यमा नलेखेको होला मलाई माफ गरिदिनुहोला म सबैको बोझ भएर बस्नु छैन’ उनले चिठ्ठीमा लेखेकी छन्,’सधैंभरी रमाउनु र हाँस्नु बाबुको राम्रो केयर गर्नु, बाबुले मम्मी खोइ भनेर सोधेछ भने तेरो मम्मी पैसा कमाउन गएकी छ भनिदिनु।’ दिलकुमारीले चिठीमा आफू पापी भएको र आफूलाई माफ गरिदिन पटक-पटक अनुरोध गरेकी छन्।

बखतकाअनुसार केही महिनाअघि दिलकुमारीले विदेश जाने कुरा गरिरहेकी थिइन्। ‘सबै ठीकै भइरहेको थियो एक्कासी कता गइन् थाहा छैन’ उनी भन्छन्,’प्रहरीमा खोजिदिन उजुरी गरेको छु।’

बखतका अनुसार श्रीमान-श्रीमतीको कुनै झै-झगडा, मनमुटाव थिएन। विजुली वायिरङको काम गरी जीविका चलाउँदै आएका उनी एक्कासी श्रीमती गायब हुँदा नसोचेको समस्या आइलागेको भन्दै पिरोलिन्छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...