पर्सामा प्रहरीमाथि आक्रमण, प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते



हाम्रो इकोनोमि

वीरगञ्ज–पर्सामा तस्कर र स्थानीयको आक्रमणमा परी दुई प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् ।

 

गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाण्डेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको हाे ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको हो ।

करीब दुई सय जनाको संख्यका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिएका हुन् ।

 

स्थानीय र तस्कर समूहको आक्रामणबाट प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महता], प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् ।

 

घाइतेमध्ये प्रहरी चौकी इन्चार्ज समेत रहेका विष्णुदेवको अवस्था चिन्ताजनक रहेको र उनीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । यस्तै अन्य घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको जनाइएको छ ।

दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रण नगरिएको भन्दै घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...