प्रहरीमाथि आक्रमण गरी भारतीय तस्करले लुटे हतियार, एक प्रहरी गम्भीर



 

पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको प्रहरी चौकिका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई सोमबार राति कुटपिट गरि हतियार लुटेर भागेका छन्।

 

सीमावर्ती पाँडेपुर गाउँबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करले प्रहरीमाथि आक्रमण गरेका थिए।

 

दुई वटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने क्रममा पाडेपुरका प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा गस्तीमा खटेको प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीलाई कुटपिटसमेत गरेका छन्।

 

तस्करहरूको आक्रमणमा सहायक निरीक्षकलगायत हवल्दार प्रेम बहादुर राणा र प्रहरी जवान अर्जून चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। तस्करको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

 

उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। चौधरीको टाउकोमा चोट लागेको छ।

 

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले सेतोपाटीलाई जानकारी दिए।

पाँच महीनामा ७४ यात्रुको मृत्यु

सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ ।

 

आर्थिक वर्ष २०७४÷७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताउनुभयो । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताउनुभयो । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ ।

 

मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति

मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ ।

मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

 

जीप चालकले दिएको क्षतिपूर्तिबापतको रकमले दुर्घटनास्थलमा पत्रकार पराजुलीको स्मारक बनाइने उहाँको परिवारले जनाएको छ । पच्चीस वर्षीय पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर एवं एभीन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्थ्यो ।

बा३च २८७ नं को ल्याण्ड क्रुजर दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारी, टे«ड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्कीसमेतको मृत्यु भएको थियो ।

 

जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि मङ्सिर पहिलो साता कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने