यी हुन डेढलाखको लगानी गर्न सकिने ५ व्यवसाय जसको मासिक कमाई ५० हजार माथी छ !



हाम्रो इकोनोमि

मानिस अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्दा रमाउँछ । नेपालमा पछिल्लो समय विदेश जानुु वा अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्ने क्रम बढेर गएको छ । यदि तपाईं पनि आफैं केही गर्न खोजिरहनुभएको छ भने कम लगानीमा राम्रो कमाई हुने कयौं विजिनेशहरु छन्, यिनैमध्येको कुनै एक रोज्दा उचित हुनेछ ।

 

हामी आज तपाईंलाई यस्तै ५ विजिनेशको बिषयमा बताउन गइरहेका छौ, जसमा तपाईंले १ लाखदेखि डेढलाख रुपैयाँसम्म लगानी गरे पुग्छ । यो सानो लगानीबाट समेत तपाईंले यी ५ व्यवसायमा मासिक ५० हजारसम्म कमाउन सक्नुहुुन्छ ।

 

१. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक पसल
लगानी : १ लाख २० हजारदेखि १ लाख ५५
हजारसम्म
इलेक्ट्रोनिक सामानको पसल तपाईंले १ लाख ५५ हजारको लगानीबाटै सुरु गर्न सक्नुुहुन्छ । यदि तपाईको घर मेनरोड एरियामा छ भने घरैबाट समेत यो विजिनेश सुरु गर्न सकिन्छ । यदि छैन भने पनि महिनाको ७ देखि १० हजार रुपैयासम्म भाडा पर्ने सटरबाटै पनि यो विजिनेश सुरु गर्न सकिन्छ ।

 

यसमा फेन, कुलर, वाटर हिटर, रुम हिटर बोर्ड, प्लग, स्वीच, बल्ब, सिएफएल तथा इलेक्टिक वायर जस्ता सामानको हरदम माग भइरहन्छ । खासगरी मौसमको हिसाबले समेत यीमध्ये केही सामानको माग भइरहेको हुन्छ ।

 

२.बाल उद्यान
लगानी : १ लाखदेखि १ लाख ५० हजारसम्म
यदि तपाईंसँग प्रशस्त जग्गा छ भने घरैबाट समेत बाल उद्यानको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । हिजोआज सहरी क्षेत्रमा व्यवस्थित बालउद्यानमा गएर आफ्ना बालबच्चालाई खेलाउने चलन निकै बढी छ । बाल उद्यानमा बच्चाहरु रमाउने र खेल्ने सामानहरु राख्नुुपर्ने हुन्छ । बाल उद्यानमा बालबालिका खेलेको दैनिक वा मासिक शुुल्क लिएर कुस्त कमाउन सकिन्छ ।

 

३.साइबर क्याफे
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
इन्टरनेट साइबर क्याफे तथा डेक्सटप पब्लिसिङको विजिनेश पनि कम लगानीमा थाल्न सकिने एक राम्रो व्यवसाय हो । यस्ता सेन्टरको डिमाण्ड हिजोआज सानोदेखि ठूलो शहरसम्म व्याप्त छ । यस्ता सेन्टरहरुबाट अनलाइन जागिरको फर्म भर्नेदेखि लिएर बिजुली, पानी, टेलिफोनको बिल तिर्नेसम्मको कामहरु हुने गर्छन । प्रिन्टिङ, फोटोकपीको काम समेत यस्ता सेन्टरहरुबाट हुने गर्छ ।

 

४. अटो रिपेयर सेन्टर(ग्यारेज)
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
अटो रिपेयर सेन्टर अथवा ग्यारेज पनि कम लगानीमा राम्रो कमाई हुुने व्यवसाय हो । यो व्यवसायलाई २–३ जना मानिसलाई साथमा लिएर सुरु गर्न सकिन्छ । खासगरी ठूला र साना शहरमा यस्ता सेन्टरहरुको निकै ठूलो माग छ । अहिले नेपालका प्राय हरेक घरमा मोटरसाइकल रहने गरेको छ ।

 

शहरी क्षेत्रमा कार समेत अनिवार्य जस्तै भइसकेको छ । त्यसकारण मानिसहरु सहज र घरपायक क्षेत्रमा मोटरसाइकल तथा कारको मर्मत गराउन चाहन्छन्, यसकारण समेत यो विजिनेश अझ बढी फस्टाउने प्रवल संभावना छ ।

 

५. मेडिकल स्टोर
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
नेपालमा मेडिकल सेन्टर हरेक मौसममा चल्ने एक सफल र लोभलाग्दो व्यवसाय बनिरहेको छ । कारण, यो विजिनेश मानिसको स्वास्थ्यसँग सोझै जोडिएको हुन्छ । मानिसहरु अरु काम भन्दा पहिला आफ्नो स्वास्थ्यको बिषयमा बढी ध्यान दिने गर्छन ।

 

यो विजिनेशमा औषधि बिक्री गर्ने कम्पनीले तपाईलाई निकै राम्रो कमिसन दिन्छ । यहीकारण समेत सानोदेखि ठूलो शहरसम्ममा पनि यो कारोबारले तपाईंलाई राम्रो रिटर्न दिनेछ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...

चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...