पर्शुरामको हत्या भएको भन्दै तिलाठीमा चक्काजाम



हाम्रो इकोनोमि

सप्तरी । तिलाठी-कोइलाडी गाउँपालिका-१ तिलाठीका पर्शुराम मिश्रको हत्या भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

पर्शुरामको कुटपिट गरी हत्या गर्नेलाई कार्वाहीको माग गर्दै स्थानीयवासीले सोमबार राजविराज-कुनौली सडकखण्ड चक्काजाम समेत गरेका छन् ।

मिश्रलाई बिहीबार राति वडानम्बर-३ लौनियाँका केही युवाहरु मिलेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका मिश्रको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।

गाउँपालिकाको वडानम्बर १ तिलाठीका पालेसमेत रहेका मिश्रलाई लौनियाँका शैलेन्द्र मुखियासहितले कुटपिट गरेको स्थानीयको भनाइ छ । मिश्रको मृत्यु भएपछि उनीहरु फरार भएका छन् ।

स्थानीयहरुले राजविराज-कुनौली सडकखण्डमा टायर बालेर सडक अवरुद्व गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र बिष्टले कुटपिट गर्नेहरुको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...

विगतको समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका...

एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढछ : विद्या भण्डारी

    नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत...

बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

    बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य...