बाँकेको कोहलपुर नजिक स्कूलबसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

 

बांकेको बैजनाथ गाउंपालिका जि गाउँमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका—५ जि गाउँमा बाल ज्योती माध्यमिक विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करवाट मोटरसाइकल चालक र मोटरसाइकलको पछाडी बस्ने सुर्खेत लेकबेसी नगरपालिका— १ का बिक्रम गहतराज र गुर्भाकोट— १२ का मदन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिए ।

कोहलपुरको सम्झानाचोक तर्फ गरेको बालज्योती स्कुलको बा १ क ४४९५ नम्बरको बस र बर्दियाको बाँसगढीबाट कोहलपुर आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भिर घाइते मोटरसाइकल चालक र यात्रुको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार मध्ये एक जना भारतीय सेनामा रहेको र उनीहरु ज्वाई जेठान भएको प्रारम्भिक सूचना प्राप्त भएको छ । फोटो समाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...