काठमाडौंमा अत्याधिक चिसाे बढ्याे, तापक्रम २ डिग्रीमा , अाज पानी पर्ने सम्भावना



हाम्रो इकोनोमि

 

काठमाडौं । काठमाडौंमा आज (साेमबार) बिहान अत्याधिक चिसो महशुस भएको छ ।

बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हाे ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो। तराईमा हुस्सु लाग्‍न सुरु भएको छ भने हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ।

हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।

जुम्लाको तापक्रम पनि वर्षकै न्यून मापन गरिएको छ। जुम्लाको सोमबार मापन गरिएको तापक्रम विवरण अनुसार माइनस ६ दशमलव ४ डिग्री छ।

त्यसैगरी जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...