सचेत हुनुस अभिभावक ! मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क
तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’
जब-जब बच्चाले तपाईंलाई दिक्क लगाउँछ, झगडा गर्छ, वा कामधन्दामा बाधा गर्छ, तपाईं आफ्नो स्मार्टफोन उसलाई थमाइदिनुहुन्छ । बच्चा दंग हुन्छन् । सोफा वा ओछ्यानमा ढल्किएर त्यसमै रमाउन थाल्छन् । तपाईं ठान्नुहुन्छ, ‘कति मज्जाको यन्त्र, बच्चालाई फुल्याउन कति सजिलो ?’
कुनैबेला बच्चाले खाना खान मान्दैन । तपाईं मोबाइल देखाएर लोभ्याउनुहुन्छ । अरुची भए पनि मोबाइल हेरेको सुरमा बच्चाले कपाकप खाना खाइदिन्छन् ।
कुनैबेला बच्चा होमवर्क गर्न अल्छी गर्छन् । तपाईं भन्नुहुन्छ, ‘ल, फटाफट होमवर्क गर्यौं भने मोबाइल खेलाउन पाउँछौ ।’ बच्चा हतार-हतार होमवर्क सिध्याउँछ ।
बच्चालाई फकाउन, फुल्याउन, भुलाउन, खुसी बनाउन, रमाउन सबैको लागि सजिलो माध्याम भएको छ, मोबाइल । मोबाइल पाएपछि बच्चा गेम खेल्छन्, भिडियो हेर्छन् । किनभने त्यही हत्केलाभरको मोबाइलमा उनीहरुले खोजेजस्तो अनेकन सामग्री भेटिन्छन् । तर, यसमा रमाइलो मात्र होइन, हिंस्रक र यौनजन्य सामग्री पनि छ्याप्छ्याप्ती हुन्छन् । कतिले गेम खेल्छन्, कति भिडियोमा रमाउँछन् । उनीहरु मोबाइलमै घण्टौ बिताइदिन्छन् ।
तर, हामीलाई थाहा छैन, मोबाइलले बच्चाको दिर्घकालिन स्वास्थ्यमा कस्तो दूष्प्रभाव पार्छ । मस्तिष्कको विकासमा कसरी असर गर्छ ?
मोबाइल कि हतियार ?
झ्टट देख्दा मोबाइल एक बहुउपयोगी जिनिस । कुराकानी गर्न, फेसबुक चलाउन, म्यासेज गर्न, भिडियो हेर्न, फोटो खिच्न सबैमा काम आउने । बैंकिङ कारोबारदेखि स्वास्थ्य-स्थिती जाँच्न यही उपकरण काफी छ । तर, यसको सदुपयोगभन्दा बढी दुरुपयोग हुने गरेको छ । त्यही दुरुपयोगको कारण मोबाइल उपयोगी उपकरणभन्दा घातक हतियारजस्तो बन्दै गएको छ । खासगरी बालबालिका र किशोरपुस्ताको हकमा ।
विज्ञहरु भन्छन्, ‘स्मार्टफोनको बढी प्रयोग केवल आँखाको लागि होइन, मस्तिष्कका लागि पनि घातक छ । सानो बालबच्चाको मस्तिष्कमा यसको असर वयस्कलाई भन्दा बढी हुने गर्छ ।’
चिकित्सकका अनुसार स्मार्टफोन, ल्यापटप, कम्प्युटर, भिडियो गेममा लामो समय बिताउने बच्चाको कार्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समयभन्दा अगावै पातलो हुनसक्छ ।
हार्ट केयर फाउन्डेसन (एचसीएफआई) का अध्यक्ष डा. के. के. अग्रवाल भन्छन्, ‘पहिलो ६ बर्षमा एक बच्चाको मस्तिष्क तिब्र रुपमा विकास भइरहेको हुन्छ । यस अवधीमा उनीहरुलाई निस्क्रिय होइन रचनात्मक स्टिमुलेशनको आवश्यकता हुन्छ । स्त्रिmन कन्टेन्टले बच्चालाई निस्क्रिय बनाउँछ ।’
एक पटकमा दश मिनेटभन्दा बढी एक्सपोजरले मस्तिष्कको विकासलाई प्रभावित बनाउन सक्छ । अहिले स्त्रिmनको समय बृद्धि भएको छ, खासगरी बच्चाको हकमा । हुन त बच्चालाई मोबाइल देखाउँदै खाना ख्वाउन सजिलो हुन्छ, तर यसले उनीहरुको स्वास्थ्यलाई दीर्घकालिन असर गर्छ । खाना खाइरहँदा बच्चालाई मोबाइल दिनु हुँदैन ।
ग्याजेट्सको माध्यमबाट अलग-अलग स्ट्रीमद्वारा प्राप्त जानकारीले मस्तिष्कको ग्रे-म्याटरको घनत्व कम गर्छ, जो संज्ञान र भावनात्मक नियन्त्रणको लागि जिम्मेवार हुन्छ ।
यसरी बच्चालाई मोबाइल दिनु, टिभी हेराउनुभन्दा बाहिरको गतिविधिमा सक्रिय राख्न जरुरी छ । अहिलेको डिजिटल युगमा बच्चालाई यस्ता ग्याजेट्सबाट पूर्ण वञ्चित गर्न त सकिदैन । यद्यपि, यसका लागि उनीहरुलाई निश्चित समय छुटाइदिनुपर्छ । निश्चित अवधिका लागि ग्याजेट्स चलाउन दिनुपर्छ । अन्य समय भने बाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ ।
बच्चाको लागि महत्वपूर्ण पौष्टिक तत्व र तीनका स्रोत : डा. सुनिल गुप्ता
बच्चाको स्वास्थ्य सँधै बाबुआमाका लागि चासो र चिन्ताको विषय हुन्छ । आफ्ना बच्चाहरुले सानोतिनो रोग लाग्दा पनि उनीहरु अतालिन्छन् ।
तर, बच्चाहरुलाई कसरी स्वस्थ राख्ने भन्ने चाहिँ धेरै बाबुआमालाई जानकारी छैन । उनीहरु बिरामी भएपछि अस्पताल दौडाउँछन् तर, बिरामी हुन नदिन पर्याप्त सावधानी अपनाउँदैनन् ।
आफ्नो बच्चालाई पोषिलो खानेकुरामा बानी पारेर दिर्घकालिन रुपमा स्वस्थ राख्न सकिन्छ । तर, बालबालिकालाई एउटा मात्र पोषणले पुग्दैन । दर्जनौँ खाद्यपादार्थको प्रयोगपछि मात्र उनीहरुको सही ढंगले शरिरक तथा मानसिक विकास हुन्छ ।
जन्मेदेखि दुई वर्षसम्मको बच्चालाई स्तनपान अनिवार्य हुन्छ । स्तनपान गर्न छोडेपछि बच्चाको शरीरको तीव्र वृत्ति र विकासको लागि विभिन्न प्रकारका पोषणतत्वको आवश्यकता पर्छ । त्यसको लागि विशेषगरी माइक्रो र माइक्रोन्यूटि्रएन्ट भिटामिनको जरुरी हुन्छ ।
१. माइक्रोन्युटि्रएन्ट्स भिटामिन
कोशिकाको सामान्य गतिविधि र विकासका लागि भिटामिनको आवश्यकता हुन्छ । हरेक भिटामिनले शरीरमा महत्वपूर्ण काम गर्छन् । बच्चाको शमा भिटामिनको कमी भएमा कैयौँ प्रकारका स्वास्थ्य समस्या देखिने गर्छ । त्यतिमात्र नभएर विकासलाई पनि प्रभावित तुल्याउँछ ।
भिटामिन ए
हाडको विकासमा भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । कोशिका निर्माण र विकासमा पनि यसले मद्दत पुर्याउँछ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई संक्रमणबाट जोगाउने काम गर्छ । भिटामिन ए आँखाका लागि पनि निकै उपयोगी छ ।
भिटामिन एका स्रोत गाजर, शकरखण्ड, मेथी, ब्रो-काउली, बन्दाकोभी, माछाको तेल, अण्डाको पहेलो भाग, हरियो पात भएको तरकारी, मेथी आदि हुन् ।
भिटामिन-बी कम्प्लेक्स
भिटामिन बी कम्प्लेक्सले रेड ब्लड निर्माणमा मद्दत गर्छ । यसले शरीरका हरेक अंगमा अक्सिजन पुर्याउने काम गर्छ । शरीरका हरेक अंगले सही ढंगबाट काम गर्नका लागि अक्सीजन अनिवार्य हुन्छ । मेटाबोलिज्मको लागि पनि यो भिटामिन आवश्यक हुन्छ । भिटामिन बी कम्प्लेक्सको कमीले बच्चालाई एनिमियाको समस्या हुन्छ ।
अन्न, माछा, सीफुड, पोल्ट्री, मासु, अण्डा, दुधजन्य पदार्थलगायतमा भिटामिन बी कम्प्लेक्स पाइन्छ ।
भिटामिन-सी
भिटामिन-सीको कमीले बच्चाको प्रतिरक्षा प्रणाली कमजोर भएर जान्छ । यसको परिणाम छिट्टै या सजिलै बिभिन्न संक्रमणले आक्रमण गर्छन् । त्यसैले यो भिटामिनले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाई विभिन्न संक्रमणबाट बचाउने काम गर्छ । यसले गिजालाई पनि स्वस्थ राख्छ । त्यति मात्र नभएर रातो रक्तकोशिकाको निर्माण र मर्मतमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रक्तनलीलाई शक्ति दिने काम पनि गर्छ । अझ महत्वपूर्ण काम भनेको यसले आइरन शरीरमा सञ्चित गर्नमा भूमिका खेल्छ ।
भिटमिन सीको स्रोतमा सुन्तला, कागतीलगायत अमिलो फल, स्टबेरी, टमाटर, आलु, खरबुजा, बन्दागोभी, काउली, पालुंगाे, आप, मेवा आदि पर्छन् ।
भिटामिन-डी
भिटामिन-डी बच्चाको सम्पूर्ण स्वास्थ्यको लागि आवश्यक हुन्छ । यसले शरीरमा क्याल्सियमको मात्रालाई नियन्त्रणमा राख्ने काम गर्छ । जसले पाचन प्रणालीको कार्यप्रणाली र हाडलाई पनि बलियो बनाउनको लागि बलियो हुन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि भूमिका निर्वाह गर्छ ।
भिटामिन-डीको सबैभन्दा राम्रो स्रोत भनेको सूर्यको किरण नै हो । यसका साथै दूध, अण्डा, कुखुराको मासु, माछा आदिबाट पनि भिटामिन डि प्राप्त गर्न सकिन्छ ।
भिटामिन-ई
भिटामिन ईले रातो रक्तकोषा निर्माणमा सहयोगी भूमिका खेल्छ । समय नपुग्दै जन्मिएका बच्चाको शरीरमा भिटामिन इको मात्रा कमी हुन्छ । त्यस्तै, यस्ता बालबालिकालाई अतिरक्त रुपमा भिटामिन-ईयुक्त खाद्यपदार्थको सेवन गराउनुपर्ने हुन्छ, ताकि बच्चाको विकास प्रभावित नहोस । एलर्जीको रोकथाममा पनि यो उपयोगी हुन्छ ।
कलेजो, अण्डा, बदाम, ओखर, हरियो पात भएको तरकारी, सखरखण्ड, आँप, कटुस आदिमा भिटामिन ई पाइन्छ ।
भिटामिन-के
हाडको निर्माण र मुटुरोगको रोकथामको लागि यो निकै उपयोगी भिटामिन हो । यसले बालबालिकालाई स्वासप्रश्वाससम्बन्धि संक्रमणबाट पनि बचाउने काम गर्छ ।
यसका स्रोतमा ब्रो-काउली, बन्दागोभी, काउली, हरियो पात भएको तरकारी, मेथी, माछा, अण्डा, कलेजो आदि रहेका छन् ।
आइरन
बच्चाको शरीरमा स्वस्थ रगतको निर्माण गर्नका लागि आइरन निकै महत्वपूर्ण तत्व हो । रगतको माध्ययमबाटै शरिरका सबै कोशिकामा अक्सीजन पुग्ने गर्छ । आइरनको कमीले एनिमिया, थकान हुनुका साथै कमजोरीको महशुस हुन्छ ।
यसको स्रोतमा रातो मासु, कलेजो, पोल्ट्री, अन्न, फलफुल, सुख्खा मेवा, मेथी र हरियो पात भएका तरकारी आदि छन् ।
क्याल्सियम
क्याल्सियमले बच्चाको हाड र दाँतलाई स्वास्थ राख्ने काम गर्छ । यसले रगत जम्नबाट रोक्नुको साथै पाचन प्रणाली, मांसपेशी र मुुटुको कार्यप्रणालीलाई चुस्त राख्ने काम गर्छ । त्यति मात्र नभएर क्याल्सियमले बच्चाको लम्बाई र हुर्काइमा सहयोग गर्छ । कुनै बच्चामा क्याल्सियमको कमी भएमा उसको मांसपेशीले राम्रोसँग काम गर्न सक्दैन ।
अण्डाको पहेलो भाग, ब्रोकाउली, हरियो पात भएको तरकारी, पालुंगो, मेथी र डेरी प्रोडक्टमा क्याल्सियम पाइन्छ ।
जिंक
जिंकले स्मरणशक्तिलाई बलियो बनाउने काम गर्छ । यसले भाइरस र रोग फैलाउने सुक्ष्म जिवाणुसँग लडेर बच्चाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदै लैजान्छ । शरीरको वृत्ति-विकासको लागि पनि यो आवश्यक हन्छ । यसले पाचन प्रणाली र मेटाबोलिज्मलाई सन्तुलित राख्नमा मद्दत गर्छ ।
यसको स्रोतमा फलफुल, अन्न, ड्राइफ्रुट्स, दुध आदि छन् ।
पोटासियम
शरिरका प्राय सबै कोष र अंगले सही ढंगबाट काम गर्नका लागि पोटासियमको आवश्यकता हुन्छ । यसले रक्तचापलाई सन्तुलित राख्नुका साथै मुटुलाई सुचारु गर्नमा पनि भूमिका खेल्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ र बच्चाको सक्रियता बढेर जान्छ ।
म्याग्नेसियम
म्याग्नेसियम कोशिकाको निर्माण र उर्जा उत्पन्न गर्नको लागि निकै आवश्यक हुन्छ । म्याग्नेसियमको पयाप्त सेवनले बच्चादाक्ष्ए मुटुको समस्याबाट पनि बचाउन सकिन्छ ।
यसको स्रोतमा अन्न, ब्राउन राईस, फलफुल, बदाम र सुख्खा मेवा आदि छन् ।
२. म्याक्रोन्युटि्रएन्ट्स
माइक्रोन्यूटि्रएन्ट्स यस्तो पदार्थ हो, जुन शरीरलाई अत्याधिक आवश्यकता हुन्छ । यो खानाको प्रमुख तत्व नै हो जसले शरीरलाई उर्जा दिने काम गर्छ ।
कार्वोहाइड्रेट
कार्वोहाइड्रेट शरीरलाई उर्जा प्रदान गर्नका निमित्त सबैभन्दा महत्वपूर्ण स्रोत हो । शरीरले बोसो र प्रोटिनको उपयोग गर्नमा निम्ति पनि कार्वोहाइड्रेडले सहयोग गर्छ । कार्वोहाइड्रेडबाट फरक-फरक मात्रामा चिनी, स्टार्च र फाइबरसमेत प्राप्त हुने गर्छ । बच्चाले स्टार्च र फाइबर अत्याधिक र चिनी कम मात्रामा प्रयोग गर्नुपर्छ ।
कार्बोहाइड्रेडका स्रोतहरुमा रोटी, अन्न, चामल, पास्ता, आलु, शखरखण्डलगायत थुप्रै छन् ।
प्रोटिन
यसले शरीरका कोश निर्माणमा सहयोग गर्छ । साथै शरीरको उर्जा तोड्ने विभिन्न संक्रमणसँग लड्ने र अक्सीजनको सञ्चार गर्ने काम गर्छ । शरीरको विकास र मांसपेशीलाई स्वस्थ राख्नका लागि पनि यसको भूमिका हुन्छ । बच्चा र किशोरले दैनिक ४५ देखि ६० ग्राम प्रोटिनको सेवन गर्नु आवश्यक छ ।
प्रोटिनका स्रोतमा मासु, माछा, डेरी उत्पादन, सोयविन, फलफुल, दाल, मेवा आदि रहेका छन् ।
बोसो
बोसो पनि बच्चाको लागि उर्जाको राम्रो स्रोत हो । यो शरीरमा सजिलैसँग संग्रहित हुन्छ । बोसोले शरिरको अन्य कैयौँ पोषण तत्व उपयोग गर्नमा पनि सहयोगी भूमिका खेल्छ । घुलनशील भिटामिन शोषण गर्नको लागि यो निकै आवश्यक हुन्छ ।
दुध र दुधजन्य पदार्थ, माछा, मासु, सुख्खा मेवा, तेल, मख्खन, घ्यू, र फ्याटी फिस आदिमा बोसो पाइन्छ ।
(लेखक भारतस्थित सरोज सुपरस्पेसलिटी हस्पिटलका चिकित्सक हुन्)