ज्योतिष शास्त्र अनुसार सपनामा पैसा सुन रत्न वा धातु देखे के हुन्छ ?



हाम्रो इकोनोमि

 

ज्योतिष शास्त्रमा सपनाको वारेमा धेरै कुरा हरु चर्चा गरिएको छ हजुरले हिले सोच्नु भएको छ सपना मा के के देखिन्छ त्यसले के फल दिन्छ भनेर ?

कहिले कहिँ हामी सपनामा निकै नै खुसि हुने गर्दछौ र कहिले निकै दुखि ।

विपना मा हुने अनुभव र महसुस सपनामा पनि हुन्छ ।

सपनामा धन सम्पति पैसा वा अन्य कुनै रत्न देखेमा वा भेटेमा के हुन्छ भन्ने कुरा को बारेमा जानकारी प्रस्तुत छ ।

यदि तपाई ले सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस ।

त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि ।

यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो ।

तपाईको जीवन मा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ ।

तपाई लाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन तपाई ले त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नु पर्छ ।

हुन त सिधा अर्थ मा भन्नु पर्दा मेहनत बिना केहि छैन तर पनि मेहनत को प्रतिफल भने सबै लाई बेग्ला बेग्लै हुन्छ ।

यदि सपनामा मा तपाई ले सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाई को जीवन मा तपाई को आफन्त को सहयोग प्राप्त हुन्छ ।

मित्र को साथ धेरै नै पाउनु हुन्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ ।

जीवन मा सम्पति भएर मात्र हुन्छ जो सँग आफ्नो मित्र अनि आफन्त को साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ ।

हामि ले सधै यो कुरा लाई ख्याल गर्नु पर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्री को साथ हुन आवश्यक हुन्छ ।

यदि तपाई ले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाई सँग तपाई को भाग्य बलियो छ भन्ने अर्थ हुन्छ ।

यस्तो चिज देख्न ले सानो काम ले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ ।
तर याद राख्नुहोस सपना मा जति कुरा हरु भेट्नु हुन्छ त्यो सबै सपना हरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपना ले तपाई लै निराश तुल्याउछ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...