विप्लवका कार्यक्रताले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तोडफोड



हाम्रो इकोनोमि

 

कञ्चनपुरका विद्यार्थी संगठनले आइतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड गरेका छन ।

 

भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड गरेका हुन । सत्ताधारी सहितका चार विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्रिन्सिपल डा. भुपेन्द्र विष्ट सहित तीन प्राध्यापकको पुत्ला दहन गरेका छन । पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा बैद्य निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीका विद्यार्थीले तोडफोडसँगै प्रिन्सिपलको कुर्सी समेत जलाएका छन् ।

 

विद्यार्थीले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुत्ला दहन गरेका छन् । यस अघि प्रिन्सिपल विष्टको कार्यकक्षमा विभिन्न तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । प्रिन्सिपल कार्यकक्ष र बाहिर रहेका फर्निचर, पुस्तकालयका सिसा समेत विद्यार्थीले तोडफोड गरिदिएका छन् ।

 

विद्यार्थी नेताहरुले प्रिन्सिपल कार्यकक्षमा तीन दिन तालाबन्दी हुँदापनि कर्मचारीलाई नियुक्ति दिएको भन्दै ढोका तोडेरै कुर्सी जलाएका थिए । विद्यार्थी संगठनको तोडफोड पछि क्याम्पसको पढाई प्रभावित भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष अर्जुन भट्टले अवैधानिक तरिकाले भागबण्डाका आधारमा आफ्ना नातेदार, श्रीमती भर्ना गरेकाले आन्दोलनमा उत्रिएको बताए । उनले निर्णय नसच्याए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

 

करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग उनीहरुले राखेका छन् । विश्वविद्यालयले भने कुनै पनि कर्मचारीलाई अवैधानिक ढङगबाट नियुक्ती नगरेको दावी गरेको छ । नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेलले विश्वविद्यालयको हितमा लडेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...