कार्यालय गएका चौकिदार भट्टको ट्रान्सफरमा जलेर मृत्यु ,कार्यालय प्रमुख सहितका पाँच कर्मचारीलाई नियन्त्रणमा



हाम्रो इकोनोमि

 

काठमाडौँ , नेपाल विद्युत प्राधिकरण लालपुर सव स्टेशनका चौकिदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमा जलेर मृत्यु भएपछि हत्या भएको भन्दै दोषिमाथि कारबाहीको माग गर्दै आफन्तले पुर्वपश्चिम राजमार्ग बन्द गरेका छन् ।

 

सव स्टेशन को ठुलो ट्रान्सफरमा उनी मृत फेला परेका थिए । विद्युत कार्यालय नजिकै रहेको मालिकार्जुन होटेलमा बिहान साढे पाँचबजेतिर चिया खाएर कार्यालय गएका भट्टको ट्रान्सफरमा जलेर मृत्यु भएको हो ।

 

भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले सुनियोजित ढङगबाट उनको हत्या भएको आरोप लगाएका छन ।मृतक भट्टका भतिजा कृष्णदेव भट्टले काकाको विद्युतकै कर्मचारीबाट हत्या भएको आरोप लगाए ।

 

‘बिहान बाहिरबाट चिया खाएर भित्र पसेका चौकिदारलाई कसले ट्रान्समिटरमा चढायो ?,’ उनले प्रश्न गरे, ‘यो सरासर हत्या गर्ने षड्यन्त्र हो, उनलाई खालीखुट्टा विद्युतको ट्रान्समिटरमा चढाइयो किन ?’ भट्ट मृत फेला परे लगत्तै प्रहरीले कार्यालय प्रमुख पदम चन्द सहितका पाँच कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

 

तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह, कमल सिह बडूलाई नियन्त्रणमा लिएको हो । मृतका आफन्तले उनीहरु हत्या भएको बताएपछि प्रहरीले सुरक्षा र सोधपुछका लागि भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ९ बजेदेखिनै पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरिएको छ । आफन्तले शव पनि उठाएका छैनन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...