करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु



हाम्रो इकोनोमि

 

कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ ।

घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पु¥याउनुका साथै शव उठाउन दिएका छैनन् ।

विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले आज घटना हुनु अघि बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयवासी चिया पसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिनुभयो । स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...