विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्दै यौन प्रस्ताव राख्दा हत्या



हाम्रो इकोनोमि

 

विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्ने क्रममा एक जनाको ज्यानै गएको छ । गत बुधबार महोत्तरीको औरही–२, फुलबरियामा ४० वर्षीय बचु महतोको हत्या भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले घटनामा संलग्न भएको अरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

जब यौन प्रस्ताव राखेको प्रेमीले थाहा पाए…

महोत्तरीको औरही–२ की जितनीदेवी महतो विवाहित महिला हुन् । यद्यपि, उनको स्थानीय सुशील सहनीसँग प्रेम सम्बन्ध थियो । दुईजना सँगै बसेको बेला गत सोमबार स्थानीय बचु महतोले देखे ।

 

त्यो देखेपछि जितनीको मोबाइलसमेत उनले खोस्छन् र सबै आ–आफ्नो घरतिर लाग्छन् । मंगलबारबाट बचुले जितनीसँग यौनसम्पर्कको प्रस्ताव राख्न थाल्छन् । त्यो कुरा उनले प्रेमी सुशीललाई सुनाउँछिन्  रिसले चुर भएका सुशीलले बचुसँग मोबाइल माग्छन् । बचुले दिन मान्दैनन् ।

 

अन्ततः उनीहरु बचुको हत्या गर्ने योजना बनाउँछन् । यो काममा उनीहरुले अनिल ठाकुरलाई समेत प्रयोग गर्छन् ।

 

अन्ततः २५ मंसिरमा बचु उखुबारीमा गएका बला उनीहरुले घाँटी थिचेर हत्या गर्छन् । लगत्तै, प्रहरीले अनुसन्धान थाल्छ । त्यसक्रममा जितनीदेवी आफ्नै घरबाट समातिइन् भने सुशील भारततिर भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट पक्राउ परे । ठाकुर भने सिन्धुलीबाट पक्राउ परे । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...