घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या !



हाम्रो इकोनोमि

 

२८ मंसिर, विराटनगर । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ ।

विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको छ । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।

बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छुरा प्रहारबाट घाइते भएका आकाश मण्डलको नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

बिहीबार राति छुरा प्रहार गरी फरार भएका चुनुको खोजी गर्ने क्रममा सीमा क्षेत्र जोगवनीबाट नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...