मान्छेको मुटु भेटिएपछि बीचबाटै फर्काइयो विमान



हाम्रो इकोनोमि

 

अमेरिकाको सियाटलबाट डाल्लास गइरहेको एक यात्रुवाहक विमानमा मानिसको मुटु भेटिएपछि उडानकै क्रममा सियाटल फर्काइएको छ ।

साउथवेस्ट एयरलाइन्सको विमानमा उक्त मुटु क्यालिफोर्नियाबाट सियाटल ल्याएको एयरलाइन्सले जानकारी दियो । क्यालिफोर्नियामा उक्त मुटुको भल्भ पछि प्रयोग गर्न मिल्ने गरी एउटा अस्पतालमा प्रोसेस गरेर राखिएको थियो ।

तर त्यसलाई कहिले पनि अनलोड गरिएन र विमान डाल्लास पुग्नका लागि आधाआधी बाटोमा पुग्दासम्म त्यसको अनुपस्थितिको जानकारी पाइएन । त्यो मुटु कुनै विशेष बिरामीका लागि राखिएको थिएन ।  आइतवार भएको यो घटनाका बारेमा बिहीवार मात्र सञ्चारमाध्यममा खबर आएका थिए ।

यात्रुहरूलाई क्याप्टेनले मुटुका बारेमा अनि किन विमान फर्काइएको हो भन्ने बारेमा बताउँदा उनीहरू स्तब्ध भएका थिए ।

केही यात्रुले मुटुलाई प्रत्यारोपणका लागि कति समयसम्म भण्डारण गर्न सकिन्छ भन्ने विषयमा थाहा पाउनका लागि स्मार्टफोनमा खोजी गरेका थिए । विज्ञहरूका अनुसार, चारदेखि ६ घन्टासम्म मात्र भण्डारण गर्न मिल्छ ।

घटना हुँदा विमान आकाशमा तीन घन्टा उडिसकेको थियो ।  उक्त विमानमा रहेका यात्रुमध्ये एकजना चिकित्सक थिए र उनले सियाटल टाइम्सलाई यो घटना चरम लापरवाहीको त्रासद कथा भएको बताए ।  विमान सियाटलमा फर्केपछि मुटुलाई डोनर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...