मान्छेको मुटु भेटिएपछि बीचबाटै फर्काइयो विमान



हाम्रो इकोनोमि

 

अमेरिकाको सियाटलबाट डाल्लास गइरहेको एक यात्रुवाहक विमानमा मानिसको मुटु भेटिएपछि उडानकै क्रममा सियाटल फर्काइएको छ ।

साउथवेस्ट एयरलाइन्सको विमानमा उक्त मुटु क्यालिफोर्नियाबाट सियाटल ल्याएको एयरलाइन्सले जानकारी दियो । क्यालिफोर्नियामा उक्त मुटुको भल्भ पछि प्रयोग गर्न मिल्ने गरी एउटा अस्पतालमा प्रोसेस गरेर राखिएको थियो ।

तर त्यसलाई कहिले पनि अनलोड गरिएन र विमान डाल्लास पुग्नका लागि आधाआधी बाटोमा पुग्दासम्म त्यसको अनुपस्थितिको जानकारी पाइएन । त्यो मुटु कुनै विशेष बिरामीका लागि राखिएको थिएन ।  आइतवार भएको यो घटनाका बारेमा बिहीवार मात्र सञ्चारमाध्यममा खबर आएका थिए ।

यात्रुहरूलाई क्याप्टेनले मुटुका बारेमा अनि किन विमान फर्काइएको हो भन्ने बारेमा बताउँदा उनीहरू स्तब्ध भएका थिए ।

केही यात्रुले मुटुलाई प्रत्यारोपणका लागि कति समयसम्म भण्डारण गर्न सकिन्छ भन्ने विषयमा थाहा पाउनका लागि स्मार्टफोनमा खोजी गरेका थिए । विज्ञहरूका अनुसार, चारदेखि ६ घन्टासम्म मात्र भण्डारण गर्न मिल्छ ।

घटना हुँदा विमान आकाशमा तीन घन्टा उडिसकेको थियो ।  उक्त विमानमा रहेका यात्रुमध्ये एकजना चिकित्सक थिए र उनले सियाटल टाइम्सलाई यो घटना चरम लापरवाहीको त्रासद कथा भएको बताए ।  विमान सियाटलमा फर्केपछि मुटुलाई डोनर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...