महिला बलात्कारको बदला : महिलाले भिराए जुत्ताको माला



हाम्रो इकोनोमि

 

 

कैलालीमा बलात्कारको प्रयास गरेको आरोपमा महिलाहरुले एक पुरुषलाई सार्बजनिक रुपमा कालो मोसो दलेका छन् । श्रीमान बिदेशमा भएको मौका पारी स्थानिय एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली गाउँपालिका वडा नम्वर १ , मझेरा टोलका टुक्की नाम गरेका कृष्ण चौधरीलाई महिलाहरुले कारवाही गरेका हुन् ।

चौधरीले २३ गते राती स्थानिय २३ बर्षिया सिता (नाम परिवर्तन )लाई बलात्कारको प्रयास गरेको र सिताले सो कुरा बाहिर ल्याएपछि स्थानिय महिलाहरु मिलेर चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । साथै उनीहरुले पिडितलाई चौधरीले दुई लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने माग राखेका छन् ।

यस सम्वन्धमा स्थानियवासी वालकृष्ण चौधरी भन्छन् –‘ कुरा सत्य हो ,कालोमोसो दलेर जुत्ताको माला लगाईएकै हो ।’ घटनाबारे प्रहरी प्रशासनलाई खासै उजुरी जानकारी दिइएको छैन जनस्तरबाटै कारर्वाही गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले ‘चौकीमा यस विषयमा जानकारी नआएको बताउँदै ‘यस्ता घटना यस भेगमा निकै घट्छन ,गाउँलेले आफै कानुन हातमा लिएर कारवाही गर्ने गर्दछन ‘भने ।

उनले घटना बाहिरीएसँगै आफुलाई थप कुरा बुझेर आबश्यक कदम चाल्न आदेश दिइएको निरीक्षक पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...