‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू



हाम्रो इकोनोमि

 

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ ।

विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो ।

गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई रु तीन हजार दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको नगरपालिकाले जनाएको छ ।

यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ ।

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ ।

कँडेलका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

सो कार्यक्रम लागूपश्चात् गँैडाकोट नगरपालिकाले महिलाको पोषण अवस्थाको सुधार आउने विश्वास लिएको छ ।

कार्यक्रमबाट विपन्न समुदायका आमा लाभान्वित हुने गैँडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्रकराज शर्माले बताउनुभयो ।

शर्माका अनुसार यस कार्यक्रमले आमाको पोषिलो खाना उपलब्ध हुने जसका कारण बच्चाको पनि पोषणमा सहयोग पुग्ने बताउनुभयो ।

यसका साथै गैँडाकोट नगरपालिकाले तोकेको दुई संस्थाले आवश्यक उपचारका लागि अन्य अस्पतालमा रिफर गरेका आमाले पनि यो सुविधा प्राप्त गर्न सक्ने उपप्रमुख कँडेलको भनाइ छ ।

गैँडाकोट नगरपालिकाभित्र चालू आव ०७५÷०७६ को कात्तिक मसान्तसम्म पितौजी घाट स्वास्थ्यचौकीमा ७० र सहज सामुदायिक अस्पतालमा तीन जना सुरक्षित सुत्केरी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...