जिसस क्राइस्टसँग बिहे गर्ने महिला को हुन् ?



हाम्रो इकोनोमि

 

काठमाडौं — जेसिका हेसले बिहेका लागि कपडा, पर्दा र औंठी ल्याइन् ।  तर उनी बिहेका लागि चर्चमा बिशपसँग उभिँदा दुलाहा कतै थिएनन् ।  खासमा जेसिकाको बिहे जिसस क्राइस्टसँग भएको हो ।

एकचालीस वर्षीया जेसिका कन्सिक्रेटेड भर्जिन अर्थात् पवित्र कुमारी हुन् । आफूलाई क्राइस्टकी पत्नीका रूपमा समर्पित गर्ने महिलालाई क्याथोलिक चर्चले यो उपमा दिने गरेको छ ।

यस समारोहमा महिलाले विवाहका बेला लगाउने सेतो कपडा लगाउँछन् । उनीहरू जीवनभरि पवित्र रहने कसम खान्छन् । अनि आफूहरूले कहिले पनि रोमान्टिक वा यौन सम्बन्ध नराख्ने वचन लिन्छन् ।

विवाहमा महिलाले एउटा औंठी पनि लगाउँछन् । त्यो जिसस क्राइस्टसँगको सम्बन्धको प्रतीक मानिन्छ ।  जेसिका भन्छिन्, ‘मलाई प्रायः सोधिन्छ : तिमी विवाहिता हौ ?’ ‘म सानो उत्तर दिन्छु : म धार्मिक सिस्टर हुँ र मेरो समर्पण जिससप्रति छ ।’

कन्सिक्रेटेड भर्जिन कुनै पृथक् समुदायमा बस्दैनन् र दैनिक जीवनमा फरक परिधान लगाउँदैनन् । उनीहरू सामान्य जीवन बाँच्छन्, जागिर खान्छन् र आत्मनिर्भर हुन्छन् ।

अमेरिकाको इन्डियानास्थित फोर्ट वेनमा बस्ने जेसिका भन्छिन्, ‘म १८ वर्षदेखि शिक्षक छु । आफू पढेकै विद्यालयमा म पढाइरहेकी छु ।’ नपढाउँदाखेरी उनको समय प्रार्थना र तपस्यामा बित्छ ।

उनी एक बिशपलाई रिपोर्ट गर्छिन् र आफ्नो आध्यात्मिक सल्लाहकारसँग निरन्तर भेटघाट गर्छिन् ।  क्याथोलिक चर्चभित्रै पनि कन्सिक्रेटेड भर्जिनका विषयमा एकदमै कम व्यक्तिले थाहा पाउँछन् । चर्चले सार्वजनिक रूपमा यसको स्वीकृति दिएको ५० वर्षभन्दा पनि कम समय भयो ।

त्यसो त कुमारीहरू पहिलेदेखि नै चर्चको हिस्सा हुन् । इस्वी संवतको पहिलो तीन शताब्दीमा महिलाहरूले स्वयं ईश्वरलाई समर्पित गरेका थिए अनि ईश्वरप्रति बफादार रहनका लागि शहीद समेत भएका थिए ।

एग्नेस अफ रोमले पवित्रताको रक्षाका लागि शहरको गभर्नरसँग बिहे गर्न अस्वीकार गरेकी थिइन् ।

मध्यकालमा यो प्रथा चलेन किनकि मठसम्बन्धी धार्मिक जीवनलाई प्रोत्साहन प्राप्त भयो । तर सन् १९७१ मा यस प्रथालाई ओर्डो कन्सिक्रेसनिस भर्जिनम नामक दस्तावेजमार्फत नवजीवन प्राप्त भयो ।

यसै दस्तावेजको आधारमा भ्याटिकनले महिलाको चिरकौमार्यलाई चर्चभित्र जीवन बाँच्ने स्वैच्छिक तरिकाका रूपमा स्वीकार ग–यो ।

जेसिका आध्यात्मिक सल्लाहकारसँग भेटघाटपछि सन् २०१३ मा ईश्वरकी पत्नी भइन् । वैवाहिक अनुष्ठानको अन्त्यपछि उनले दण्डवत गरेर आफूलाई समर्पित गरिन् ।
सन् २०१५ मा गरिएको एक सर्वेक्षणअनुसार, संसारभरि चार हजार कन्सिक्रेटेड भर्जिनहरू छन् ।

बीबीसीबाट

 

खतरनाक सिरियल किलर : ६५० कुमारीलाई मारेर रगतले नुहाउँथिन् 

संसारभरि अनेकौं खतरनाक सिरियल किलरहरूको कथा सुन्न पाइन्छ । त्यस्ता हत्याराहरूमा केही महिला पनि पर्थे । उनीहरूको नाम सुन्दा पनि मानिस डरले काँप्न थाल्थे ।

यस्तै एक महिला थिइन् एलिजाबेथ बाथरी । उनी कुमारी केटीहरूको रगतले नुहाउँथिन् ।

एलिजाबेथको कथा ४०० वर्ष पुरानो हो । उनी एकदमै हाईप्रोफाइल महिला थिइन् । हंगेरी साम्राज्यकी यी सिरियल किलरले सन् १५८५ देखि १६१० सम्म आफ्नो महलमा ६०० भन्दा बढी बालिकाको हत्या गरेकी थिइन् ।

एलिजाबेथलाई कुनै तान्त्रिकले कुमारी बालिकाको रगतले नुहाउँदा जवान रहिरहन सक्ने सल्लाह दिएको थियो । त्यसपछि चिरयौवनका लागि उनी हत्यारी भइन् । उनी कुमारीहरूको हत्या गरेर उनीहरूको रगतले नुहाउँथिन् ।

आफ्नो शिकारलाई उनी निकै तड्पाएर मार्थिन् । कुमारीहरूमाथि उनी निकै अत्याचार गर्थिन् । बालिकाहरूको संवेदनशील अंगलाई उनी डढाइदिन्थिन् । उनको अत्याचारी कर्ममा उनका कामदारले पनि साथ दिन्थे ।

सन् १६१० मा उनको कुकृत्य पर्दाफास भएपछि तत्कालीन राजाले उनलाई र उनका तीन नोकरलाई पक्राउ गर्ने आदेश दिएका थिए ।

उनको महलबाट अनेकौं बालिकाको कंकाल र सुनचाँदीको आभूषण बरामद गरिएको थियो ।

उनले प्रायः गाउँका गरीब बालिकालाई आफ्नो शिकार बनाउने गर्थिन् ।

उपन्यासकार ब्राम स्टोकरले उनकै जीवनमा आधारित रहेर ड्राकुला पुस्तक लेखेका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...