जिसस क्राइस्टसँग बिहे गर्ने महिला को हुन् ?



हाम्रो इकोनोमि

 

काठमाडौं — जेसिका हेसले बिहेका लागि कपडा, पर्दा र औंठी ल्याइन् ।  तर उनी बिहेका लागि चर्चमा बिशपसँग उभिँदा दुलाहा कतै थिएनन् ।  खासमा जेसिकाको बिहे जिसस क्राइस्टसँग भएको हो ।

एकचालीस वर्षीया जेसिका कन्सिक्रेटेड भर्जिन अर्थात् पवित्र कुमारी हुन् । आफूलाई क्राइस्टकी पत्नीका रूपमा समर्पित गर्ने महिलालाई क्याथोलिक चर्चले यो उपमा दिने गरेको छ ।

यस समारोहमा महिलाले विवाहका बेला लगाउने सेतो कपडा लगाउँछन् । उनीहरू जीवनभरि पवित्र रहने कसम खान्छन् । अनि आफूहरूले कहिले पनि रोमान्टिक वा यौन सम्बन्ध नराख्ने वचन लिन्छन् ।

विवाहमा महिलाले एउटा औंठी पनि लगाउँछन् । त्यो जिसस क्राइस्टसँगको सम्बन्धको प्रतीक मानिन्छ ।  जेसिका भन्छिन्, ‘मलाई प्रायः सोधिन्छ : तिमी विवाहिता हौ ?’ ‘म सानो उत्तर दिन्छु : म धार्मिक सिस्टर हुँ र मेरो समर्पण जिससप्रति छ ।’

कन्सिक्रेटेड भर्जिन कुनै पृथक् समुदायमा बस्दैनन् र दैनिक जीवनमा फरक परिधान लगाउँदैनन् । उनीहरू सामान्य जीवन बाँच्छन्, जागिर खान्छन् र आत्मनिर्भर हुन्छन् ।

अमेरिकाको इन्डियानास्थित फोर्ट वेनमा बस्ने जेसिका भन्छिन्, ‘म १८ वर्षदेखि शिक्षक छु । आफू पढेकै विद्यालयमा म पढाइरहेकी छु ।’ नपढाउँदाखेरी उनको समय प्रार्थना र तपस्यामा बित्छ ।

उनी एक बिशपलाई रिपोर्ट गर्छिन् र आफ्नो आध्यात्मिक सल्लाहकारसँग निरन्तर भेटघाट गर्छिन् ।  क्याथोलिक चर्चभित्रै पनि कन्सिक्रेटेड भर्जिनका विषयमा एकदमै कम व्यक्तिले थाहा पाउँछन् । चर्चले सार्वजनिक रूपमा यसको स्वीकृति दिएको ५० वर्षभन्दा पनि कम समय भयो ।

त्यसो त कुमारीहरू पहिलेदेखि नै चर्चको हिस्सा हुन् । इस्वी संवतको पहिलो तीन शताब्दीमा महिलाहरूले स्वयं ईश्वरलाई समर्पित गरेका थिए अनि ईश्वरप्रति बफादार रहनका लागि शहीद समेत भएका थिए ।

एग्नेस अफ रोमले पवित्रताको रक्षाका लागि शहरको गभर्नरसँग बिहे गर्न अस्वीकार गरेकी थिइन् ।

मध्यकालमा यो प्रथा चलेन किनकि मठसम्बन्धी धार्मिक जीवनलाई प्रोत्साहन प्राप्त भयो । तर सन् १९७१ मा यस प्रथालाई ओर्डो कन्सिक्रेसनिस भर्जिनम नामक दस्तावेजमार्फत नवजीवन प्राप्त भयो ।

यसै दस्तावेजको आधारमा भ्याटिकनले महिलाको चिरकौमार्यलाई चर्चभित्र जीवन बाँच्ने स्वैच्छिक तरिकाका रूपमा स्वीकार ग–यो ।

जेसिका आध्यात्मिक सल्लाहकारसँग भेटघाटपछि सन् २०१३ मा ईश्वरकी पत्नी भइन् । वैवाहिक अनुष्ठानको अन्त्यपछि उनले दण्डवत गरेर आफूलाई समर्पित गरिन् ।
सन् २०१५ मा गरिएको एक सर्वेक्षणअनुसार, संसारभरि चार हजार कन्सिक्रेटेड भर्जिनहरू छन् ।

बीबीसीबाट

 

खतरनाक सिरियल किलर : ६५० कुमारीलाई मारेर रगतले नुहाउँथिन् 

संसारभरि अनेकौं खतरनाक सिरियल किलरहरूको कथा सुन्न पाइन्छ । त्यस्ता हत्याराहरूमा केही महिला पनि पर्थे । उनीहरूको नाम सुन्दा पनि मानिस डरले काँप्न थाल्थे ।

यस्तै एक महिला थिइन् एलिजाबेथ बाथरी । उनी कुमारी केटीहरूको रगतले नुहाउँथिन् ।

एलिजाबेथको कथा ४०० वर्ष पुरानो हो । उनी एकदमै हाईप्रोफाइल महिला थिइन् । हंगेरी साम्राज्यकी यी सिरियल किलरले सन् १५८५ देखि १६१० सम्म आफ्नो महलमा ६०० भन्दा बढी बालिकाको हत्या गरेकी थिइन् ।

एलिजाबेथलाई कुनै तान्त्रिकले कुमारी बालिकाको रगतले नुहाउँदा जवान रहिरहन सक्ने सल्लाह दिएको थियो । त्यसपछि चिरयौवनका लागि उनी हत्यारी भइन् । उनी कुमारीहरूको हत्या गरेर उनीहरूको रगतले नुहाउँथिन् ।

आफ्नो शिकारलाई उनी निकै तड्पाएर मार्थिन् । कुमारीहरूमाथि उनी निकै अत्याचार गर्थिन् । बालिकाहरूको संवेदनशील अंगलाई उनी डढाइदिन्थिन् । उनको अत्याचारी कर्ममा उनका कामदारले पनि साथ दिन्थे ।

सन् १६१० मा उनको कुकृत्य पर्दाफास भएपछि तत्कालीन राजाले उनलाई र उनका तीन नोकरलाई पक्राउ गर्ने आदेश दिएका थिए ।

उनको महलबाट अनेकौं बालिकाको कंकाल र सुनचाँदीको आभूषण बरामद गरिएको थियो ।

उनले प्रायः गाउँका गरीब बालिकालाई आफ्नो शिकार बनाउने गर्थिन् ।

उपन्यासकार ब्राम स्टोकरले उनकै जीवनमा आधारित रहेर ड्राकुला पुस्तक लेखेका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...