मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



हाम्रो इकोनोमि

 

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पताल मा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...