अपहरित बालकको उद्धार गर्न भारतीय प्रहरी नेपालमा, तीन पक्राउ



हाम्रो इकोनोमि

 

भारतको बिहारबाट अपहरण गरी बन्धक बनाइराखेको अवस्थामा झापाको दमकबाट एक बालकको प्रहरीले उद्धार गरेको छ । बालककाे उद्धारसँगै तीन अपहरणकारी पक्राउ परेका छन् ।

 

१५ लाख रुपैयाँ फिरौती माग गर्दै बालकलाई बन्धक बनाएर राख्ने झापाको गौरिगञ्ज–४ बस्ने २७ वर्षीया अञ्जुदेवी मुखियालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार भारतको बिहारस्थित सुपोल जिल्ला बस्दै आएका ७ वर्षीय बालक महफुज आलमको मंगलबार सकुशल उद्धार गरिएको हो ।

 

आलम ५ दिनअघि अपरहणमा परेका थिए । उनका बुवा मोहमद सदामका अनुसार मंसिर २० गते आलम मावली घरमा खेलिरहेको अवस्थामा अपहरणमा परेका हुन् । दुईजना आफन्तले मोटरसाइकलमा हालेर प्रतापगञ्ज भन्ने ठाउँसम्म पुर्‍याएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले ती दुईजनाको नाम नखुलाए पनि बच्चालाई अपहरणकारीसम्म पुर्या‍उन बालककै आफन्त १५ वर्षीय मोहम्मद दिलसादले भूमिका खेलेका थिए ।

 

खेलिरहेको अवस्थामा कडिया भन्ने व्यक्तिले बालकलाई ‘तिम्रो आन्टीको घर पु्र्‍याइदिन्छु’ भनी लिएर गएका थिए । त्यसपछि अलि पर पुगेपछि अर्काे नाता पर्ने अर्का व्यक्ति मोहमद दिलसादको मोटरसाइकलमा बीचमा राखी भारतको प्रतापगंञ्जसम्म लगेर बालकले नचिनेको मानिस बिट्टु भनिने श्री प्रसाद मुखियालाई जिम्मा लगाएका थिए ।

 

बिट्टुलाई बालकको जिम्मा लगाएर ‘उहाँले आन्टीकोमा पुर्‍याइदिनु हुन्छ’ भनी दिलसाद र कडिया फर्किएका थिए । त्यसपछि बालक आलमलाई बिट्टुले अपहरण गरी सिधै नेपाल ल्याएको बुझिएको छ ।

 

बच्चा खोज्दै भारतीय प्रहरी नेपालमा 

पारिवारिक स्रोतका अनुसार २१ गते अपहरणकारीले टेलिफोनमार्फत् भारतीय रुपैयाँ १५ लाख फिरौती माग गरेको थियो । बालकको मामालाई फोन गर्दै, ‘तेरो बच्चा मेरो साथमा छ, १५ लाख रुपैयाँ फिरौती लिएर आउनू’ भन्दै फोन आएको थियो ।

 

अपहरणकारीले प्रहरीलाई खबर गरे बच्चाको ज्यान मार्ने धम्कीसमेत दिएको थियो । त्यसपछि बालकका आफन्त भारतीय प्रहरी समक्ष पुगेका थिए । सोमबार बेलुका भारतको बिहारबाट आएको प्रहरी टोलीले शंकास्पद ठाँउमा खोजतलास गरेको थियो ।

 

पीडितका आफन्तसहित आएको प्रहरीले अपहरणमा संलग्नको खोजी गर्दै गौरीगन्ज पुगेको थियो । इलाका प्रहरी कार्यालय दमकसँगको सहकार्यमा संयुक्त टोलीले मंगलबार बिहान दमक–५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ बन्धक बनाएर राखिएको अवस्थामा बालकको उद्धार गरेको हो ।

 

प्रहरी निरीक्षक एक्तेनका अनुसार मुखियाकै बयानका आधारमा गौरिगञ्ज–६ खजुरगाछी बस्ने ४७ वर्षीय बद्री यादव र वडा नम्बर ४ का बिट्टु भनिने ३१ वर्षीय श्रीप्रसाद मुखियालाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

 

उद्धार गरिएका बालकको स्वास्थ्य परीक्षण गराइ परिवारको जिम्मा लगाइएको छ । उनीहरुले फिरौती रकम असुल्ने उद्देश्यले नै अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ । अपहरणमा परेका बालकलाई नेपाल–भारत सीमास्थित गौरीगञ्ज नाकाबाट नेपाल ल्याइएको खुलेको छ ।

 

पक्राउ परेका तीनजनाविरुद्ध बुधबार मुलुकी ऐन आचार संहिता २०७४ को अपहरण तथा शरीर बन्धक कसुर अन्तरगत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुधबारै पाँच दिनको म्याद थप गरी अभियुक्तविरुद्ध अनुसन्धान सुरु गरिएको इप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

 

अपहरण अन्यको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । यसबारे आवश्यक अनुसन्धान जारी रहेको सुब्बाले बताए । मुलुकी ऐन आचार संहिता २०७४ अन्तरगत अपहरण तथा शरीर बन्धक बनाउने कसुर ठहरेमा १० देखि १५ वर्षसम्म र १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना सजायको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...