क्यान्सर रोग लागेको बारे बोले शाहिद कपुर
केही दिन अघि बलिउड अभिनेता शाहिद कपुर क्यान्सर रोगको सिकार भएको समाचार बाहिरिएको थियो ।
जुन समाचारले बलिउड नै तंरगित बनायो ।
उक्त समाचारको खण्डन गर्दै शाहिदले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
स्टाटसमा आफू बिलकुल स्वस्थ रहेको लेखेका छन् ।
शाहिदले समाचार बकवास भएको र उक्त कुरामा विश्वास नगर्ने अनुरोध गरेका छन् ।
बाहिरिएको समाचार अनुसार शाहिदलाई पेटको क्यान्सर रहेको खुलेको थियो ।
तर शाहिदको परिवारले समाचार प्रति खण्डन गर्दै समाचार झुटो भएको बताएका छन् ।
हाल शाहिद ‘कबीर सिंह’को छायाङ्कनमा व्यस्त छन् ।