हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क



हाम्रो इकोनोमि

 

हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।

विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो ।

उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी दिनुभयो ।

यसअघि नक्सा बनाउनका लागि सेवाग्राहीलाई कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता थियो ।

कन्सल्टेन्सीले प्रति नक्सा कम्तीमा रु १० हजारसम्म लिने गर्दथे । उपमहानगरपालिकाले करारमा इञ्जिनीयर नियुक्ति गरेर निःशुल्क नक्सा बनाउन थालेको हो ।

‘कन्सल्टेन्सीले नक्सा बनाउँदा सडकदेखि सधियारसम्मका थुपै्र विवाद आउँथे, हाम्रै प्राविधिक फिल्डमा गएर नापेपछि त्यस्तो समस्या आउने सम्भावना रहेन’, सूचना शाखा प्रमुख थपलियाले भन्नुभयो, “एकातिर सेवाग्राहीको पैसा बचत भयो, अर्कातिर सम्भावित जोखिमको पहिल्यै पहिचान हुन पुग्यो ।”

कार्यालयले आफै नक्सा बनाइदिँदा सेवाग्राही पनि सन्तुष्ट छन् ।

उपमहानगरपालिकाले चालु आवको कात्तिक मसान्तसम्म यहाँका १९ वडामा गरी ३४० घरको नक्सापास गरिसकेको छ ।

ती सबै नक्सा उमहानगरपालिकाकै प्राविधिकले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...