२५ लाख खर्च गरेर छायाङ्कन गरियो ‘रणवीर’को गीत



 

 

फिल्म ‘रणवीर’ को गीतको छायाङ्कन गरिएको छ ।

राजधानीको नक्साल स्थित बाल मन्दिर भव्य सेट तयार गरेर ४ दिन लगाएर गीतको छायाङ्कन गरिएको हो ।

पछिल्लो समय चर्चामा रहेका सङ्गीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको गीतमा शब्द र स्वर पनि उनकै रहेको छ ।

गीतमा राजनसंगै अन्जु पन्तले पनि स्वर दिएकी छिन ।

‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला , शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन् ।

यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरिरहेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् ।

गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् ।

यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताए ।

‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’

गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए ।

’गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहि अनुरुप हामीले तयार गरेका हौ’ दिपेन्द्र भन्छन ’गीत हेर्दा दर्शकलाई अडियो भन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौ ।’

माघ १८ मा रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग