राजधानीमा दोहोरो फायरिङ : प्रहरीको गोलि लागि घाइते भएका लिम्बुको यस्तो छ अबस्था



हाम्रो इकोनोमि

 

काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।

 

उनको खुट्टामा गोली लागेको छ ।पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।

 

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । उनले यसअघि ६ वर्ष जेल बसेर छुटे का व्यक्ति हुन् ।थप अनुसन्धान जारी रहेको उनकाे भनाइ छ ।

 

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बायाँ खुट्टाको तिघ्रामा गोली लागेका लिम्बुलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ । प्रहरीले लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हति यार एकथान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...