मलेसियाले पनि नेपालबाट कामदार लैजाने प्रक्रिया रोक्यो, अब म्यानमार र श्रीलंकाबाट लैजाने



हाम्रो इकोनोमि

 

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता कार्यान्वयन नभएपछि मलेसिया सरकार असन्तुष्ट बनेको छ । नेपालबाट कामदार लैजाने कम्पनीहरुलाई अनुमति दिन मलेसिया सरकारले बन्द गरिदिएको छ ।

 

मलेसिया सरकारले देश बाहिरबाट कामदार ल्याउन नीजि क्षेत्रका कम्पनीलाई जिम्मा दिँदै आएको छ । देशबाहिरबाट कामदार ल्याउने कम्पनीले नेपालका लागि अनुमति मागेका थिए । तर मलेसिया सरकारले नेपालभन्दा बाहिरबाट कामदार ल्याउन कम्पनीहरुलाई आग्रह गरेको छ ।

 

कतिपय कम्पनीले नेपालबाट कामदार ल्याउने सम्झौता ६ महिनाअघि गरिसकेका थिए । ६ महिनाभित्र कामदार ल्याउन नसके म्याद थप्न मिल्ने प्रावधान छ । तर मलेसिया सरकारले म्याद थप्न नमानेको मलेसियन कम्पनीहरुले नेपाली ब्यवसायीलाई जानकारी गराएका छन् ।

 

७ महिनादेखि नेपालबाट मलेसिया कामदार जान सकेका छैनन् । श्रम सम्झौता भएपनि अझै खुल्ने छाँट छैन । नेपाल सरकारले कामदार पठाउन नचाहेको भन्दै मलेसिया सरकारले श्रीलंका र म्यानमारबाट कामदार ल्याउन कम्पनीहरुलाई आग्रह गरेको छ । मलेसियाले श्रीलंका र म्यानमारबाट कामदार लिन थालेपछि नेपालको रोजगार गन्तब्य समस्यामा पर्ने देखिन्छ ।

 

मलेसियाले श्रीलंका र म्यानमारबाट कामदार लिने तयारी थाल्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भिर बन्न सकेको छैन । भेण्डर संस्थाका संचालक परिवर्तन नगरेसम्म श्रम स्वीकृति नदिने अडान कायमै राखेको छ ।

 

नेपालका लागि राम्रो रोजगार गन्तब्य मलेसिया गुम्ने खतरामा पुगेपछि राजनीतिक दलका नेताहरु तातिएका छन् तर श्रममन्त्री गोर्कण बिष्ट बरु राजीनामा दिने, भेण्डर संस्थाका सञ्चालक परिवर्तन नभएसम्म श्रम स्वीकृति नदिने अडानमा छन् ।

 

मलेसिया सरकारले कामदार पठाउन नेपाल सरकारलार्ई औपचारिक पत्राचार पनि गरिसकेको छ । तरपनि नेपाल सरकार मलेसिया कामदार पठाउन तयार छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...