शीतलनिवास नपुगी बाटैमा हरायो कर्मचारी अध्यादेश !



हाम्रो इकोनोमि

 

गत सोमवार मन्त्रिपरिषदबाट पारित भएको कर्मचारी समायोजन अध्यादेश शुक्रबार बिहानसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । आखिर, पाँच दिनसम्म बीचबाटोमै कता हरायो अध्यादेश ?

 

राष्ट्रपति कार्यालयमा शुक्रवार विहानसम्म अध्यादेश पुगेको छैन । आज बिहानसम्म अध्यादेश प्राप्त नभएको शीतलनिवासका उच्च अधिकारीले बताए ।

 

सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने बिहीवारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले समायोजन अध्यादेश पारित भएको निर्णय आफूलाई थाहा नभएको बताए । जब कि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश क्याबिनेटबाट स्वीकृत भएर राष्ट्रपतिसमक्ष पठाइएको बताएका थिए ।

 

सरकारको आधिकारिक निर्णयमा समायोजन अध्यादेश पारित भएको नआउनु र राष्ट्रपति कार्यालययमा पनि नपुग्नुले चलखेलको आशंका जन्माएको छ ।

 

कर्मचारी समायोजन अध्यादेशमा आफू अनुकुल हेरफेर गर्न उच्च प्रशासकहरुले चलखेल गरेको आरोप कर्मचारी युनियनका नेताहरुले लगाएका छन् । सोमवारको मन्त्रिपरिषद बैठकले पारित गरेको समायोजन अध्यादेशका केही बुँदा हेरफेर गर्न मुख्यसचिव तहबाटै चलखेल भएको युनियनका नेताहरुको आरोप छ ।

 

प्रदेशको प्रमुख सचिव पदमा खटाउँदा राजपत्रांकित विशिष्ठ श्रेणीका कर्मचारीमध्येबाट जेष्ठताका आधारमा गरिने अध्यादेशमा उल्लेख थियो । त्यसैगरी प्रदेश मन्त्रालयको सचिव पदमा खटाउँदा सम्बन्धित सेवा, समूह वा उपसमूहका कर्मचारीलाई जेष्ठताका आधारमा खटाइने भन्ने प्रावधान अध्यादेशमा थियो । उच्च प्रशासकहरुले सो प्रावधान हटाउन चाहेको स्रोत बताउँछ ।

 

अध्यादेशमा ल्याइएको नयाँ प्रावधानले अहिले सिंहदरबारमा रजाइँ गरेर बसेका बरिष्ठ र पावरफूल सचिव तथा सहसचिवहरु प्रदेशमा जानुपर्ने भएपछि उनीहरुले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत दबाव बढाएको स्रोत बताउँछ ।

 

स्रोतका अनुसार मन्त्रिपरिषदले पारित गरेको सो अध्यादेशमा मुख्यसचिव रेग्मीले हस्ताक्षर नगरेका कारण राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।

 

सत्तारुढ नेकपासम्वद्ध नेपाल निजामति कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले समायोजन अध्यादेशको एउटामात्रै सकारात्मक बुँदा सचिव र सहसचिव जेष्ठताबाट समायोजन हुने कुरालाई पुनः हटाउने चलखेल भएको आरोप लगाएका छन् । उनले यो बुँदा हटाउने हो भने समायोजनको औचित्य नहुने अनलाइनखबरलाई बताए ।

 

घिमिरेले भने– ‘कर्मचारी समायोजनको समस्या भनेको उच्चपदस्थ पदाधिकारीहरु नै हुन् । उनीहरु आफ्नो खाईपाई आएको स्थान बचाउन उद्दत्त छन् । तलबाट समायोजन होइन, माथिबाट समायोजनको उपयुक्त बाटो छाडेर राजनीतिक नेतृत्वलाई गलत रिपोर्टिङ र सुझाव दिने काम भइरहेको छ ।’

 

नेपाल सरकार बरिष्ठतम सचिव र प्रभावशाली सहसचिवहरुको चलखेलका कारण कर्मचारी समायोजन जटिल भएको आरोप कर्मचारी युनियनका नेताहरुले लगाएका छन् ।

 

आफू सिंहदरबार छाडेर तल जानुपर्छ भनेर क्याबिनेटको निर्णय नै उल्ट्याउने उच्च प्रशासकहरु साना कर्मचारीलाई भने डण्डा लगाउन उद्दत्त भएको आरोप उनीहरुको छ ।

 

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले एक कदम अघि बढेर प्रदेशको प्रमुख सचिव नभई संघीय सरकारको मुख्य सचिव बन्न नपाइने र प्रदेश मन्त्रालयको सचिव नभई संघीय सरकारको सचिव बन्न नपाइने प्राबधान राख्ने माग गरेको छ ।

 

युनियनका अध्यक्ष पुण्य ढकालले यो प्रावधान राखे मात्रै बरिष्ठ सचिव र सहसचिवहरु सिंहदरबार छाड्न तयार हुने बताए ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...