स्मार्टफोन कम्पनी हुवावेकी उपाध्यक्ष पक्राउ, अमेरिकी कानुन उल्लंघनको आरोप
चीनको स्मार्टफोन कम्पनी हुवावेको उपाध्यक्ष तथा मुख्य वित्तीय अधिकारी मेङ्ग वाङ्गझूलाई पक्राउ गरिएको छ । उनलाई १ डिसेम्बरमा क्यानडाको वेन्कोयवरमा पक्राउ गरिएको हो ।
उनलाई अमेरिकालाई हस्तान्तरण गरिनेछ । समाचार संस्था रोयटर्सका अनुसार वाङ्गझू माथि ईरान बिरुद्ध लगाइएको अमेरिकी प्रतिबन्ध उल्लंघनको आरोप लगाइएको छ। अमेरिका न्याय विभागले बुधवार सो को जानकारी दिएको छ ।
मेङ्ग वाङ्गझू माथि कुन प्रकारको आरोप लगाइएको हो सो भने स्पष्ट भइसकेको छैन । क्यानडाका न्याय विभागका अनुसार मेङ्गले उनिसँग सम्बन्धित तथ्य प्रकाशनमा रोकको माग गरेकी छन् । उनको जमानतमाथि शुक्रवार सुनवाई हुदैछ । चीनले उनको तुरुन्त रिहाईको माग गरेको छ ।
उपाध्यक्ष मेङ्ग हुवावे कम्पनीको संस्थापक रेन झेङ्गफेको छोरी हुन् । हुवाले मेङ्गको पक्राउको पुष्टि गर्दै कम्पनीले केहि गल्ति नगरेको जनाएको छ ।
मेङ्गको गिरफ्तारीलेअमेरिका र चीनको सम्बन्धमा दरार अझ बढ्न सक्ने अनुमान गरिएको छ । हालै दुई देशका राष्ट्रपति जी-२० समिटमा भेट गरेका थिए । सो क्रममा ट्रेड वार ९० दिनका लागि रोक्ने सहमति भएको थियो ।
रोयटर्सका अनुसार अमेरिकी संस्था दुई बर्षदेखि हुवावेमाथि अनुसन्धान गरिरहेको छ । हुवावेले अमेरिकी उत्पादन ईरान पठाएको अमेरिकाको आरोप रहेको छ । यो यूएसको निर्यात र प्रतिबन्ध कानुनको उल्लंघन रहेको बताइएको छ ।
तेल भर्ने क्रममा दुई अमेरिकी विमान हावामा जुधे, ६ नौसैनिक बेपत्ता
जापानमा बिहिबार दुई अमेरिकी विमान ठोकिएका छन् । हवाइ इन्धन भर्ने क्रममा हवामा अमेरिकी विमान एफ-१८ लडाकु विमान र सी-१३० ट्याकंर एक आपसमा ठोकिएका हुन् । विमान ठोकिएपछि ६ नौसैनिक बेपत्ता भएका छन् ।
अमेरिकी रक्षा विभागका अफिसरका अनुसार घटना जापानको तट भन्दा करिव ३०० किलोमिटर टाढा भएको हो । सो घटनामा एक एयरम्यानलाई बचाइएको छ भने तर बाकि नौसैनिकहरुको बारेमा कुनै जानकारी पाइएको छैन ।
नौसैनिकको अवस्था थाहा पाउन सर्च अपरेशन जारी रहेको छ । सो अपरेशनमा डाक्टरले पनि क्रू मेम्बर्सलाई सहयोग गरिरहेका छन् । सी-१३० मा ५ र एफ-१८ मा दुई सर्विसम्यान रहेको बताइएको छ । खोजिकार्यका लागि जापानले ४ एयरक्राफ्ट र तीन जहाज पठाएको छ ।
जापानद्वारा जहाज पठाएकोमा अमेरिकाले कृतज्ञता प्रकट गरेको छ । अमेरिकी नौसेनाका अनुसार दुवै जहाजले इवाकुनी स्थित मरीन कर्प्स एयर स्टेशनबाट उडान भरेका थिए । सो प्रकारको उडान नियमित ट्रेनिङ्गका हिस्सा रहेको बताइएको छ । बिहिबार भएको दुर्घटनाको जांच जारी छ।
अमेरिकाले जापानमा आफ्नो ५० हजार सैनिक रहेको र दुर्घटनालाई सामान्य मान्न नसकिने बताएको छ । नोभेम्बरमा नै अमेरिकी नेवी लडकु विमान जापानको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा दुई क्रू मेम्बरलाई बचाइएको थियो ।
यस भन्दा पहिले पनि अमेरिकाको ओस्प्रे हेलिकप्टरमा समस्या देखिएको थियो । हेलिकप्टरलाई केहि पटक आपातकालिन उवतरण गराउनुका साथै एकपटक क्रयास र हेलिकप्टर बस्ने भाग (चपर) टुटेर जापानको स्कूलमा झरेको थियो । सो घटनालाई लिएर अमेरिका र जापानबीच तनाव उत्पन्न भएको थियो । जापानका नागरिकले अमेरिकि सैनिक बेसमा प्रदर्शन गरेका थिए ।
तेस्रो विश्वयुद्धको संकेत, अमेरिकामाथि रुसी राष्ट्रपतिको कडा चेतावनी, भने–मिसाइल पड्काउँछौ
अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ । अमेरिका शित युद्ध अन्त्य गर्ने बेला भएको सम्झौता आइएनएफ अर्थात इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट बाहिरिएमा आफूहरुले मिसाइल निमार्ण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका हुन् ।
नेटोले मंगलबार रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएपछि पुटिनको यस्तो चेतावनी आएको हो । सन् १९८७ मा तत्कालीन सोभियत युनियन र अमेरिकाबिच भएको सन्धिपछि दुवै देशमाथि छोटो तथा मध्यम दूरीका मिसाइल प्रयोग र उत्पादनमा प्रतिबन्ध लागेको छ ।
तर नेटोले आफ्नो देशमाथि सन्धि उल्लंघन गरेको भनेर लगाएको आरोप सन्धिबाट अमेरिका बाहिरिने बहाना रहेको पुटिनको भनाई छ । टेलिभिजनमार्फत प्रशारण भएको प्रतिक्रियामा पुटिनले अरु धेरै देशले आइएनएफ अन्तर्गत प्रतिबन्धित आणविक हतियार निर्माण गरेको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘अब हाम्रा अमेरिकी साथीहरुलाई लागेको हुन सक्छ कि परिवर्तित परिवेशमा हामीसँग पनि यस्ता हतियार हुनु पर्छ, त्यसले सन्धिबाट बाहिरिने बहाना खोज्दै हुनुहुन्छ ।’
उनले अघि भनेका छन्, ‘यसमा हाम्रो प्रतिक्रिक के हुन्छ, सजिलो छ–हामीले पनि मिसाइल निर्माण गर्छौँ ।’केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन्धिबाट बाहिरिने बताएका थिए र उनले यसको कारण रुसी गतिविधि रहेको बताएका थिए ।
मंगलबार पश्चिमा देशको सैन्य गठबन्धन नेटोले औपचारिक रुपमा रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएको थियो ।अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।
यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।
रुससँगको महत्वपूर्ण परमाणु सन्धिबाट बाहिरिने भयो अमेरिका
अमेरिका परमाणु हतियार सम्बन्धी रुससँगको महत्वपूर्ण सन्धिबाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेका छन् ।
पत्रकारसँगको कुराकानीको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले सन् १९८७ को सन्धिको उल्लंघन गरेको आरोप लगाए । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।
यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।अमेरिकाले नपाएको अवस्थामा रुसले यस्ता हतियार परीक्षण गर्न दिने पक्षमा आफूहरु नरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
ट्रम्पले भने, ‘मलाई थाहा छैन कि राष्ट्रपति बाराक ओबामाले यसबारेमा कुनै छलफल किन गर्नु भएन वा यसबाट किन बाहिरिनु भएन । रुसले यो सन्धि धेरै वर्षदेखि उल्लंघन गर्दै आएको छ ।’
सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले आइएनएफको उल्लंघन गरेको भन्दै रुसको आलोचना गरेका थिए ।तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।
ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर
पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिएने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।
रुसले सन् १९८७ मा भएको सन्धिको उल्लंघन गरेको आरोप अमेरिकाको छ । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।
यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।
तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए । रुसले ट्रम्पको निर्णयको आलोचना गरेको छ ।
अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनको रुस भ्रमणको क्रममा यो विषयमा कुरा हुने बताइएको छ । जर्मनीले पनि अमेरिकी कदमको आलोचना गरेको छ । गोर्बाचोभसहितले ट्रम्पको निर्णयले शीत युद्ध फर्किने डर रहेको बताएका छन् ।


