भब्य बन्यो ‘छक्का पन्जा ३’ को ५१ दिने पार्टी



 

फिल्म ‘छक्का पन्जा ३’ ले ५१ दिनको खुसीयाली मनाएको छ ।

मंगलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा रात्री भोजको आयोजना गर्दै छक्का पञ्जा २ टिमले एकाउन्न दिनको पार्टी गरेको हो ।

छक्का पञ्जा ३’ को ५१ दिने पार्टीमा फिल्म युनिट सहित, फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकलाई मायाको चिनो र सञ्चाकर्मीलाई प्रमाण पत्र प्रदान गरियो ।

कलाकारद्वाय जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा पाहुनालाई स्वागत गरेका थिए ।

 

रेड कार्पेट सहितको भव्य कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धरलगायत थुप्रै कलाकर्मी उपस्थित थिए ।

‘छक्का पञ्जा ३’ टिमको तर्फबाट निर्देशक दीपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर शाह, लक्ष्मी गिरी, नायिका स्वस्तिमा खड्का, वर्षा राउत, संगीतकार दीपक शर्मा लगायत कार्यक्रममा उपस्थित थिए ।

फिल्मकी मुख्य नायिका दीपिका प्रसाईं भने कार्यक्रममा उपस्थित भइनन् ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र करिश्मासँगै भुवन केसी, छविराज ओझा, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाल, संगीतकार राजनराज सिवाकोटी लगायत पुगेका थिए ।

उनीहरुले फिल्मको सफलताको लागि बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं