म विदेशमा हुँदा घर छोडेर हिंडेकी श्रीमतिलाई अंश दिनु पर्छ की पर्दैन ?



 

मेरो नाम कृष्ण श्रेष्ठ हो । म हाल युएईमा छु । मेरो घरमा श्रीमतिले अढाई बर्षको बच्चा लिएर कुनै जानकारी नदिई माईत गएर बसेकी छिन् ।

यसअघि पनि उनले पटक पटक यस्तै गर्दै आएकी छन् ।

मैले उनलाई घर फर्किन आग्रह गर्दा नआउने र सँगै नबस्ने कुरा गर्छिन ।

मैले यो अवस्थामा न्याय पाउन के गर्नुपर्छ ? र यस्तो घटनामा सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ?

उत्तर (अधिवक्ता सुजन पन्त): नेपालमा श्रीमानले चाहेर सम्वन्ध विच्छेद गर्ने प्रकृया अलिक जटिल छ । तपाई र तपाईको श्रीमति सँगै बस्न नसक्ने भएमा र तपाईले सम्वन्ध विच्छेद गर्न चाहेमा सम्वन्धित गाउँपालिका वा नगरपालिकामा गएर निवेदन दिनु पर्दछ ।

यसका लागि तपाई र तपाईको श्रीमति ३ बर्षयता सँगै नबसेको हुनु पर्दछ ।

यदि त्यसो भएमा तपाईको सम्वन्ध विच्छेदको प्रकृया अगाडी बढ्न सक्दछ । तर यसको प्रकृया लामो हुन्छ ।

तपाईको दोश्रो जिज्ञासा, अंश दिनु पर्ने नपर्ने सम्वन्धमा नेपालको कानून अनुसार तपाईले श्रीमतिलाई अंश दिनु पर्ने हुन्छ ।

तपाईले सम्वन्ध विच्छेदको मुद्धा चलाएमा वा तपाईको श्रीमतिले चलाएमा, जुनसुकै अवस्थामा पनि तपाई अंश दिन बाध्य हुनुहुन्छ ।

यस सम्वन्धमा हाल संसदमा विचाराधिन अवस्थामा रहेको देवानी संहितामा यदि महिला आफैं छुट्टीन चाहेमा र महिलाले लिन नचाहेमा भनें अंश दिनु नपर्ने व्यवस्था छ ।

तर हाल सो विधेयक पारित नभइसकेका कारण यो व्यवस्था लागु भएको छैन ।

तपाईको अढाई बर्षको बच्चा समेत भएका कारण तपाई दुईबीच सम्वन्ध विच्छेद भएमा नेपालको कानून अनुसार बच्चाले समेत स्वतः अंश पाउने व्यवस्था छ ।

तर सकेसम्म सम्वन्ध विच्छेदको तहसम्म सोच्नु अगाडी तपाईहरुले आफूबीचको असमझदारी हटाउन सकेसम्म प्रयत्न गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं